भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा र पानको व्यापार : हेर्नुहोस १० तस्वीरमा [फोटो फिचर]

काठमाडौं । सोमवारबाट शुरु भएको बिस्काः (बिस्केट) जात्रामा भक्तपुरमा रौनक छाएको छ । भक्तपुरवासी जात्राको माहोलमा रमाइरहँदा पान व्यापारीहरू भने जात्रालुलाई पान बेच्न व्यस्त छन् ।  थापाथलीमा डेरा गरी बस्दै आएका पान व्यापारी जयनारायण यादव मंगलवार जात्रास्थलमा पान बेच्दै थिए । यसो त उनी पहिलोपटक भने जात्रामा आएका होइनन्, हरेक वर्ष उनी जात्रामा पान बेच्ने आउने गरेका छन् ।     उनले दिउँसो १२ बजेदेखि ४ बजेसम्म करिब १००० रुपैयाँको व्यापार भएको बताए । ४० वर्षका रक्सौल निवासी यादवले १०/१५ वर्षदेखि बिस्काः जात्रामा पान बेच्दै आइरहेको सुनाए । जात्रालुले पान खाने गरेकाले आफू हरेक वर्ष जात्रामा पान बेच्ने गरेको उनको भनाइ छ । उनी हरेक वर्ष सार्वजनिक यातायात चढेर जात्रास्थल पुग्छन् र बेलुका डेरा फर्कन्छन् । जात्रामा आफूले प्रतिगोटा ३० रुपैयाँमा पान बेचेको उनले बताए ।  त्यसो त जात्रामा पान व्यापारी मात्रै पुगेका छैनन्, कुल्फी, फास्टफुड बेच्नेहरू पनि देखिन्छन् । जात्रालुको कुल्फी, फास्ट फुडमा रुचि देखिएकाले यस वर्ष पानको व्यापार त्यति नभएको उनको भनाइ छ ।  अघिल्ला वर्ष दैनिक ४–५ हजार रुपैयाँसम्म कमाइ हुने गरेकोमा यस वर्ष मुस्किलले २–३ हजार रुपैयाँ आम्दानी भएको उनले सुनाए । तर, वैशाख १ गते भने आम्दानी राम्रो हुन सक्ने उनको अनुमान छ ।  टोखाबाट आफनो मामाघर आएका सन्देश प्रजापति जात्रामा पान खाने गरेको सुनाउँछन् । सानैदेखि बिस्काः जात्रामा घुम्न आउँदा पान खाने गरेको उनले बताए ।  बिस्काः जात्रा ८ रात र ९ दिन मनाइन्छ । 

सम्बन्धित सामग्री

भक्तपुरमा बिस्काः जात्राको तयारी (फोटो फिचर)

काठमाडौँ- भक्तपुरमा आगामी सातादेखि बिस्काः जात्रा सुरू हुँदैछ । बिस्काः जात्रा वैशाख १ गतेभन्दा चार दिनअघि सुरु भएर वैशाख ५ गते समापन गरिने प्रचलन रहेको छ । बिस्काः जात्राको पहिलो दिन भैरवनाथसहित भद्रकालीको पनि रथ तानिन्छ । भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि व...

सकियो भक्तपुरको बिस्का: जात्रा (फोटो फिचर)

५ वैशाख, भक्तपुर । भक्तपुरको बिस्काः जात्रा सोमबार सकिएको छ ।  २७ चैतमा सुरु भएको जात्रा आठ रात नौ दिनपछि सकिएको हो । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथको अगाडि […]

बिस्काका लागि रथ तयार (फोटो फिचर)

काठमाडौ : तीन सय वर्ष पुरानो लिच्छविकालीन बिस्काः (बिस्केट) जात्राका लागि भक्तपुरको न्यातपोल मन्दिर परिसरमा भैरबको रथ निर्माण भइरहेको छ। स्थानीय कालीगढ र शिल्पकारहरु रथ बनाउन व्यस्त छन्।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले भक्तपुर प्रसिद्ध बिस्काः जात्रा रोक्ने निर्णय गरेको छ। उक्त निर्णयपछि भक्तपुरका बासिन्दा आक्रोशित भएका छन्। उनीहरुले सोमबार टौमढीस्थित ङातापोल (पाँच तल्ले मन्दिर) परिसरमा विरोधमा प्रदर्शनसमेत गरेका छन्।मध्यपुर थिमि नगरपाल