स्वादका पारखीको केन्द्र बन्दै नगरकोट

काठमाडौं : यतिखेर भक्तपुरको नगरकोट स्वादका पारखीको केन्द्रबिन्दु बन्दै गएको छ।नयाँ वर्ष सुरु भएसँगै वनभोज (पिकनिक) जाने क्रम बढेको छ।बाह्य पर्यटक, सहकारी, सरकारी, निजी सङ्घसंस्था, विद्यालय, कलेज, विभिन्न समूहका सदस्यको नगरकोट आकर्षक थलो बन्न थालेको छ।काेराेना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण सुस्ताएको पर्यटन व्यवसाय क्रमशः तङ्ग्रिन थालेसँगै यहाँका पर्यटन व्यवसायी, स्थानीय किसान, व्यापारी तथा सर्वसाधारण खुशी हुन थालेका छन्।नगरकोट आफैँमा आकर्षक पर्यटक स्थल पनि हो। उपत्यकामा गर्मी बढेसँगै पर्यटक