काठमाडौँ । कालिकोटको नरहरिनाथ गाउँपालिकामा जेन जेडका युवा भन्दै आएका केही स्थानीयले कार्यालयको मूल गेटमा ताला लगाएपछि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर नेपालीसहित कर्मचारी केही घण्टा कार्यालय भवनभित्रै थुनिएका छन्। पछि प्रहरी पुगेर ताला खोलेको प्रमुख प्रशासकीय अधिकृत नेपालीले प्रशासनलाई बताएका छन्। कालिकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले पनि घटनाको पुष्टि गर्दै केही स्थानीय युवाले गाउँपालिका […]
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले मुलुकमा सुशासन कायम हुने बताएका छन् । मंगलबार जेनजी सहिद दिवसमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ‘प्रिय जेनजी’ सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाहले लेखेका छन् -प्रिय gen Z सुशासन कायम हुने नै छ ,सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली । गत वर्ष भदाै २३ र २४ गते भएकाे जेनजी […]
काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी युवतीलाई वीर अस्पताल लगिएको छ। गोरखा घर भई काठमाडौँ बस्ने ३० वर्षकी लक्ष्मीदेवी बस्नेतले मंगलबार साँझ साढे ६ बजेतिर प्रज्वलनशील वस्तु खन्याएर आफैलाई आगो लगाएकी थिइन्। जेनजी आन्दोलनका शहीदको सम्झनामा दीप प्रज्वलन भइरहँदा ती युवतीले भने आगो लगाएको देखेपछि तत्काल निभाएर प्रहरीले अस्पताल पुर्याएको काठमाडौँका […]
भोटेकोशी बाढीले रसुवाका विभिन्न क्षेत्रमा दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारमा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा निःशुल्क स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम)ले नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति तथा समन्वयमा युटेलस्याटसँग सहकार्य गरी वनवेब स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराएको हो। कम्पनीका अनुसार भदौ २० गतेदेखि बढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराउन […]
काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी समाज’ले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो । गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको छ । अक्षय […]