६९ अंक बढेर २९२६.७४ विन्दुमा नेप्से, एकै दिन ९ अर्बभन्दा बढीको कारोबार

माघ २, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा  ६९ अंक अर्थात् २ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । यो दिन नेप्से परिसूचक २ हजार ९२६ दशमलव ७४ विन्दुमा पुगेर बन्द भएको हो । यो दिन कारोबारमा आएका २२९ ओटा धितोपत्रको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता शेयर १ लाख १ हजार ५८९ पटकमा रू. ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ दशमलव शून्य ६ मा खरीदविक्री भएको छ । कारोबारमा आएका २२९ धितोपत्र मध्ये दुई ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  स्ट्याण्डर्ड चार्टड बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।  स्ट्याण्डर्ड चार्टड बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ५५० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य रू. ४१७ दशमलव १० पुगेको छ ।  त्यसैगरी यो दिन ग्लोबल आइएमई बैंकको डिबेञ्चर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा  ३ दशमलव ५९ प्रतिशतले घटेको छ । डिबेञ्चर मूल्य प्रतिकित्ता रू. ९९३ मा झरेको हो । त्यसैगरी दोस्रोमा बोटलर्स नेपाल तराईको शेयरमूल्य २ दशमलव ९७ प्रतिशत घटेर रू. १५ हजार १७२ कायम भएको छ ।  यो दिन सर्वाधिक शेयर खरीदविक्री भने अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको रू. ३६ करोड ४३ लाख १७ हजार बरावरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५३९ कायम भएको छ । त्यसैगरी दोस्रोमा अपि पावर कम्पनीको रू. ३० करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहकै परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको परिसूचक ५ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ ।  त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव १४ प्रतिशत,व्यापार समूहको परिसूचक २ दशमलव ५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव ७२ प्रतिशत,विकास बैंक समूहको परिसूचक २ दशमलव ७७ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव २२ प्रतिशत,वित्त समूहको परिसूचक २ दशमलव १६ प्रतिशतले बढेको छ । यसैगरी निर्जीवन बीमा समूहको २ दशमलव शून्य ४ प्रतिशत,अन्य समूहको ३ दशमलव शूनय ९ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ९७ प्रतिशत,जीवन बीमा समूहको २ दशमलव ४१ प्रतिशत,म्युुचुअल फण्ड समूहको १ दशमलव ५४ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन अनि माघ महीनाको पहिलो कारोबार दिन शेयर बजारमा रौनकता छाएको छ । माघ लागेसँगै तरलता सहज बन्दै गएकाले शेयरमा बजारमा सकारात्मक प्रभाव परेको हो । यसोत चुनावी महोल र विकास खर्च बढ्दै गएकाले पनि शेयर बजार बढ्नमा टेवा पुगेको हो ।  पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पूँजी बढ्दै जानु, ब्याजदर नबढ्नु जस्ता कारणले बजारमा लगानी बढेको देखिन्छ । साथै कोरोना जोखिम बढ्दै जाँदा निरन्तर घटेको बजार पुनः उकालो लाग्ने अपेक्षाका साथ यो क्षेत्रमा लगानी गर्नेहरुको संख्या बढ्न थालेको जानकारहरु बताउँछन् ।