फागुनमा चयन हुने नयाँ राष्ट्रपतिका लागि आकांक्षी नेताहरूले अहिलेबाटै दौडधुप बढाएका छन् । मंसिर ४ को निर्वाचन परिणाम आएपनि सरकार गठन नहुँदै राष्ट्रपति पदलाई बढी नै महत्व दिँदै आकांक्षीहरुले दौडधुप तीव्र बनाएका हुन् ।अहिलेसम्मको स्थितिमा राष्ट्रपतिका लागि सत्ता गठबन्धनकै नेताहरूको तेहेरो दावी पर्ने देखिन्छ । कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल र माओवादीका तर्फबाट डा. बाबुराम भट्टराईको नाम भावी राष्ट्रपतिका रुपमा चर्चामा आएको छ ।पौडेल र खनालले राष्ट्रपतिका ल