संविधान दिवसमा मधेस केन्द्रित दलको दोहरो रणनीति

काठमाडौँ । संविधान जारी भएको दिन असोज ३ गते लोकतान्त्रिक समाजवादी पार्टीले कालो दिवस मनाउने भएको छ । कालो दिवस मनाउँदै आइतबार उक्त पार्टीले देशभर विरोध प्रदर्शन गर्ने भएको छ । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी भने आइतबार दिनभर मौन बस्ने भएको छ । न समर्थन गर्ने, न विरोध गर्ने जसपाको नीति रहेको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताए ।