अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र

गुल्मी : गुल्मीमा निर्माणाधीन लखन थापा अन्तरराष्ट्रिय फुटबल रंगशाला निर्माण सम्पन्न नभई यसै अलपत्र परेको छ।जिल्लाको इश्मा गापा–६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रंगशाला निर्माण सम्पन्न नभई अहिले गाडी सिक्ने ठाउँमा परिणत भएको छ।राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपैयाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौँसँग सम्झौता भएको थियो। उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भए पनि अन्य काम भने यसै अन्यौलमै रहेको छ।माटो काट्ने, पर्खाल लगाउन