सरकारले काठमाडौं–पोखरा द्रुतमार्गको अध्ययन अघि बढाउने तथा पोखरा–बुटवल द्रुतमार्गको ठेक्का यही वर्ष आह्वान गर्ने भएको छ । साथै, यसअघि प्रस्ताव गरिएको २७ किलोमिटरको मेट्रो रेल योजनालाई स्थगित गर्दै थानकोटदेखि धुलिखेलसम्म फैलिने १५० किलोमिटर लामो नयाँ मेट्रो रेल योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रक्रिया अघि बढाउने तयारी गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बिहीबार प्रतिनिधिसभामा […]
विज्ञापनले उपभोक्तालाई भ्रमित पार्नुका साथै सामाजिक सञ्जालसम्बन्धी प्रचलित कानुन र विज्ञापन नियमन ऐन २०७६ को दफा ९ तथा अन्य कानुनी व्यवस्थाविपरीत हुने भएकाले तत्काल हटाउन निर्देशन दिइएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावअघि बालेन शाहलाई पार्टी प्रवेश गराउँदा सिर्जना गरिएको 'वरिष्ठ नेता' पदलाई विधानमा समावेश गर्ने निर्णय गरेको छ।
काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो वर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् । उनले पहिलो वर्षमा आयोजनाहरूमा छुट्टाइएको बजेट कम भए रकमान्तर […]