राष्ट्रपति पुटिनले दिए प्रधानमन्त्री मोदीलाई रुस भ्रमणको निम्ताे

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई नयाँ वर्षको शुभकामना दिएका छन्। भ्लादिमिर पुटिनले आफ्नो सन्देशमा विश्वमा चुनौतीपूर्ण परिस्थितिका बाबजुद भारत र रुसबीचको सम्बन्ध अगाडि बढिरहेको कुरामा जोड दिएका छन्। उनले सन् २०२३ मा दुई देशबीचको सम्बन्धमा उल्लेख्य प्रगति हुने र द्विपक्षीय सहयोग अभिवृद्धि हुने पनि बताएका छन्। राष्ट्रपति पुटिनले […]

सम्बन्धित सामग्री

मस्कोमा पुटिन जयशंकर वार्ताः मोदीलाई रुस भ्रमणको निम्तो

काठमाडौं । बुधबार रुसको राजधानी मस्कोमा भारतिय विदेशमन्त्री एस. जयशंकर र रुसी राष्ट्रपति भ्यादिमिर पुटिनको भेट भएको छ । भेटमा पुटिनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुस भ्रमणको निम्तो दिएका छन् । क्रेमलिनमा भएको भेटमा पुटिनले मोदीलाई निम्तो दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ । निम्तो गर्दै पुटिनले भनेका छन्, ‘म मेरा मित्र प्रधानमन्त्री […]

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरे प्रधानमन्त्री मोदीको प्रशंसा

मस्को । प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई 'धेरै बुद्धिमान व्यक्ति' भएको बताएका छन्। उनको नेतृत्वमा भारतले विकासमा ठूलो फड्को मारेको पनि रुसी राष्ट्रपतिले बताएका छन्।  पुटिनले रुस ...

पाकिस्तानका खानलाई सबक सिकाउन अमेरिकाले 'फोहोरो राजनीति' गरेको रुसको आरोप

पाकिस्तानलाई लिएर रुसले अमेरिकामाथि गम्भीर आरोप लगाएको छ। 'जिद्दी' इमरान खानलाई पाठ सिकाउनका लागि अमेरिकाले पाकिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको रुसले आरोप लगेअको छ। रुसी विदेश मन्त्रालयले जारी गरेको बयानमा पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममाथि धेरै बिषयलाई लिएर टिप्पणी उल्लेख छ। पाकिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाको भुमिकाबारे अन्तराष्ट्रिय रुपमा नै हलचल आउने गरि रुसले बोलेको हो।     रुसको विदेश मन्त्रालयकि प्रवक्ता मारिया जखारोवाले भनेकी छन्, 'पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्वीले प्रधानमन्त्री खानको सल्लाहअनुसार तीन अप्रिलमा राष्ट्रिय सभा भंग गरिदिए र यस अगाडी जे पनि भयो, यो कुरामा रुस जानकार छ।' बयानमा अगाडी भनिएको छ, 'यस बर्ष प्रधानमन्त्री इमरान खानको २३ र २४ फेब्रुअरीमा मस्कोको भ्रमणबारे घोषणा भयो, त्यसपश्चात अमेरिका र उसका सहयोगी पश्चिमी देशहरु प्रधानमन्त्री खानमाथि अभद्र तरिकाले यस कुरालाई लिएर अनावश्यक दबाब सिर्जना गर्न थाले, उनीहरुको चाहना इमरान खानको मस्को भ्रमण रद्द होस् भन्ने थियो।' 'यसको बावजुद पनि जब इमरान खान मस्को पुगे, अमेरिका विदेश बिभागका दक्षिणी एशिया मामिलाका डेपुटी सेक्रेटरी डोनाल्ड लु ले वाशिंगटनमा पाकिस्तानका राजदुतलाई डाके र इमरान खानको मस्को भ्रमणलाई तुरुन्त रद्द गर्न माग गरे, जुन माग पाकिस्तानले खारेज गरिदियो।'रुसका विदेश मन्त्रालयको बयान पाकिस्तानी समाचार माध्यमकाअनुसार यस बर्ष सात मार्चमा पाकिस्तानी राजदुत असद मजिदसंगको कुराकानीमा उच्च अमेरिकी अधिकारिले युक्रेनको घटनाक्रममा पाकिस्तानको सन्तुलित प्रतिकृयाको कडा आलोचना गरे।रुसको विदेश मन्त्रालयले यस बयानमा यो पनि दाबि गरेको छ कि उक्त भेटघाटमा अमेरिकी अधिकारिले पाकिस्तानी राजदुत सामुन्ने यो स्पष्ट गरिदिएका थिए कि अमेरिकाको साथ साझेदारी त्यो बेला मात्र सम्भव छ जब इमरान खानलाई सत्ताबाट हटाइनेछ।रुसको विदेश मन्त्रालयको बयानमा जुन अमेरिकी अधिकारी डोनाल्ड लू बारे भनिएको छ, यो नाम पाकिस्तानको राजनीतिमा पटक पटक लिईने गरिएको छ। पाकिस्तानका मिडियाहरुमा प्रकाशित समाचारअनुसार इमरान खान जुन प्रमाणको बारे बोलेका थिए, त्यो एक चिट्ठी डिप्लोमेटिक मात्रै थियो। पाकिस्तानको पत्रिका डानको रिपोर्ट अनुसार यो केवल सात मार्चमा पठाईएको थियो र यसको एक दिन पछि विपक्ष दलले राष्ट्रिय सभामा इमरान खानको सरकार बिरुद्द अविश्वास प्रस्ताव राखेको थियो। पाकिस्तान र रुसको सम्बन्ध इमरान खानले २४ फेव्रुअरीमा आफ्नो मस्को भ्रमणमा रुसका राष्ट्रपति भलादिमिर पुटिनसंग भेट गरेका थिए। यो भेट त्यो बेला थियो जुन दिन राष्ट्रपति पुटिनले युक्रेन बिरुद्द 'स्पेशल मिलिट्री' को अनुमती दिएका थिए। पछिल्लो २३ बर्षमा रुसको यात्रा गर्ने प्रधानमन्त्रीमा इमरान खान पाकिस्तानका पहिला प्रधानमन्त्री हुन्। इमरान खान अगाडी नवाज शरिफले सन १९९९ मा रुस भ्रमण गरेका थिए। मार्चमा जब संयुक्त राष्ट्र महासभामा युक्रेन बिरुद्द रुसको आक्रमण रोक्ने बिषयसंग जोडिएको प्रस्ताव पेश भएको थियो तर उक्त भोटिङमा पाकिस्तान अनुपस्थिति थियो। युक्रेनको मामिलामा पाकिस्तानको आधिकारिक बुझाई यहि रहँदै एको छ कि दुई देशले एक आपसमा कुराकानी र कुटनीतिको मार्फत जारी  विवाद संधैको लागि हटाउनु पर्दछ।

युक्रेन–रुस संघर्ष : जेलेन्स्कीको अपीलमा इजराइली प्रधानमन्त्रीले पुटिनलाई भेटे

युक्रेन–रुस संघर्षका बीच इजराइलका प्रधानमन्त्री नफताली बेनेटले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटघाट गरेका छन् । उनी शनिबार रुसको राजधानी मस्को पुगे ।यो बैठकको महत्व यो कुराले पनि लगाउन सकिन्छ कि इजराइली प्रधानमन्त्रीले यो भ्रमणका लागि शबात (यहूदीका अनुसार आरामको दिन) लाई तोडेका छन् । यहूदी कानूनअन्तर्गत ज्यानको खतरा हुँदा मात्रै यसलाई तोड्न सकिन्छ ।बेनेटको यो बैठकबारे हालसम्म खासै जानकारी दिइएको छैन । यद्यपि, यी दुईबीच करिब तीन घण्टासम्म कुराकानी भयो ।बेनेट र पुटिनले यसअघि पनि

रुसको आक्रमणपछि १० लाख शरणार्थीले युक्रेन छोडे

युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ। आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू - डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ । यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन् ।१४१ देशले रुस विरुद्दको निन्दा प्रस्तावमा मत दिएका हुन् भने ५ देशले निन्दा प्रस्तावको विपक्षमा मत दिएका हुन् ।  यस प्रस्तावमा रुस युक्रेनबाट आफ्नो सैनिकहरुलाई बीना सर्त फिर्ता बोलाउनुपर्ने उल्लेख छ। महासभामा कुल १९३ देशहरुमा नेपाल सहित १४१ देशहरुले रुसको विरुद्द भोटिङ गरेका हुन् भने ५ देशहरुले रुसको पक्षमा भोट गरेका छन्। महासभामा आफु विरुद्द प्रस्ताव पास भएकाले रुसका विदेश मन्त्रीले आफुलाई कयौं मित्र राष्ट्रहरुबाट साथ र सहयोग मिलेको तर पश्चिम राष्ट्र आफुहरुलाई टुक्राउन लागि परेको प्रतिकृया दिए। रुसको युक्रेन विरुद्दको आक्रमणको पक्षमा रुस सहित ५ देशहरुले भोट गरे। तर ३५ देशहरुले भने भोटिङमा भाग लिएर तटस्थ अर्थात् कुनै पनि पक्षमा खुलेनन्। भारत, पाकिस्तान, चीन, बंगलादेश र श्रीलंका पनि तटस्थ रही कुनै पनि पक्षमा खुलेनन्  । रुसले जबर्जस्ती बल प्रयोग गरेर युक्रेनबाट खोसेको कुनै पनि हिस्सालाई मान्यता नदिने महासभामा पास भएको प्रस्तावमा भनिएको छ। यसको साथै युक्रेनबाट तत्कालै पूर्ण रुपमा बीना सर्त रुसले आफ्ना सेनाहरु फिर्ता बोलाउनुपर्ने उल्लेख छ।भोटिङमा सामेल भएर पनि कतै भोट नदिएको तथा युक्रेन विरुद्द रुसको आक्रमणको विपक्षमा नउभिएको भन्दै भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भएको छ। भारतको यो निर्णयलाई त्यहाँका विश्लेषकहरुले भारतलाई पश्चिमी राष्ट्र र रुसबीचको सन्तुलन बनाउन धेरै अप्ठ्यारो भईरहेको विश्लेषण गरेका छन्।    भारत र पाकिस्तान एकसाथमहासभामा रुस विरुद्दको भोटिङमा भारत सहित पाकिस्तान पनि तटस्थ बसेको छ। भारत र पाकिस्तान महासभामा रुस विरुद्दको भोटिङमा तटस्थ रहेका छन्। यसको साथसाथै बंगलादेश र श्रीलंकाले पनि यस्तै गरेका छन्। बंगलादेशको सम्बन्ध सुरुबाटै रुससंग राम्रो रहेको छ।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसको प्राकृतिक ग्याँसको आयातमा सम्झौता गरेका छन्। जब विश्वभरका देशहरु रुसलाई युक्रेन विरुद्द आक्रमण गर्ने बिषयमा फरक फरक मत दिइरहेका थिए त्यो बेला पाकिस्तानका प्रधानमन्त्री खान रुसको साथ व्यापारिक सम्झौता गरिरहेका थिए। चीनसंगको निकटतासंगै पछिल्लो समय पाकिस्तानले रुससंगको सम्बन्ध विस्तार गरिरहेको छ।    नेपाल विपक्षमा छिमेकी राष्ट्र चीन, भारत रुस विरुद्दको भोटिङमा तटस्थ बस्दा नेपालले भने रुसको विपक्षमा भोट गरेको छ। सार्क राष्ट्रमा रुस विरुद्द भोटिङ गर्ने राष्ट्रमा नेपाल, अफगानिस्तान, माल्दिभ्स मात्रै रहेका छन्। भारत, पाकिस्तान, श्रीलंका, भुटान, बंगलादेश तटस्थ बसेका छन् ।

अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको पुटिनको आरोप

एजेन्सी, २० माघ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन्। रुसको राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै पुटिनले युरोपमा बढ्दो नेटो गतिविधि सम्बन्धि रुसको सरोकारको पनि अमेरिकाले बेवास्ता गरेको बताएका हुन् । रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावकाबीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै पनि […]

अमेरिकाले रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको रुसी राष्ट्रपति पुटिनको आरोप

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकामाथि रुसलाई जबर्जस्ती युद्धमा धकेल्न खोजेको आरोप लगाउनु भएको छ । रुस र अमेरिकाबीच युक्रेनलाई लिएर भईरहेको तनावका बीच मुख खोल्दै राष्ट्रपति पुटिनले कुनै पनि बहाना मार्फत रुसलाई युद्धमा धकेल्नु अमेरिकाको उद्देश्य भएको भन्दै युक्रेन विवादमा पनि त्यही गर्न खोजेको जिकीर गर्नुभयो । राजधानी मस्कोमा हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको […]

प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनद्वारा वार्षिक शिखर सम्मेलनको आयोजना

इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना गरेका छन् । सो क्रममा तिनले द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षबारे छलफल गरेका छन् । दुई नेताले आपसी सरोकारका क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू र महामारीपछि विश्वव्यापी आर्थिक सुधार र अफगानिस्तानको अवस्थाबारे पनि छलफल गरेका थिए । […]

रुसी राष्ट्रपति पुटिनको भ्रमण : भारत र रुसबीच विभिन्न सम्झौता हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति पुटिन र प्रधानमन्त्री नरेन्द्र मोदीबीचको यो पहिलो प्रत्यक्ष भेट हुनेछ।शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुस बीचको द्विपक्षीय सम्बन्धको अवस्था र सम्भावनाहरूको समीक्षा गर्दै दुई देशबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्ने उपायहरूबारे छलफल गर्ने जनाइएको छ।‘रु