एउटा ‘प्रतिगामी’को खुल्लापत्र

यो देशको एउटा सार्वभौम र सचेत नागरिकलाई एउटा वर्गको स्वघोषणाले एकाएक प्रतिगामीको कित्तामा हुत्ताइदिएपछि हिजोआज म गहिरो चिन्तनमा परेको छु । दशकौंसम्म देशको नागरिक सत्ता धर्मराइरहने, सार्वजनिक संस्थाहरू क्षयीकरण भएर रसातलमा पुग्ने, भ्रष्टाचारको संस्कृति सामान्यीकरण हुने र देशको सार्वभौमिकता विदेशीको इशारा र राजदूतहरूको निर्देशनमा चल्ने हुँदा पनि देश ‘अग्रगमन’को वेगमा हुँइकिरहेको भ्रममा बाँचेकाहरूले म सम्बद्ध […]