कर्णाली प्रदेशसभा संसदीय दलको नेताका लागि नेकपा माओवादी केन्द्रबाट चार जनाले दाबी गरेका छन् । मंगलबार बसेको माओवादी प्रदेश समन्वय समितिको बैठकमा रुकुम पश्चिमका राजकुमार शर्मा (आर्ट), कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका कृष्ण जिसी (जितेन्द्र) र विन्दमान विष्टले दलको नेताका लागि दाबी गरेको हुन् ।संसदीय दलको नेतामा यसअघि विष्ट र शर्माको चर्चा हुँदै आएको थियो । मंगलबारको बैठकमा रावत र जिसीले पनि दाबी गरेको एक नेताले रातोपाटीलाई जानकारी दिए । चार जनामध्ये शर्मा, विष्ट र रावतबीच दल नेताका