आन्तरिक उडान बन्द हुँदैन: पर्यटन मन्त्री

पर्यटन मन्त्री भानुभक्त ढकालले आन्तरिक उडान रोक्ने कुनै योजना नरहेको बताएका छन्।

सम्बन्धित सामग्री

दुई महिनापछि खुल्यो आन्तरिक उडान, आजदेखि नियमित उडान भर्ने

काठमाडौँ । आजदेखि आन्तरिक उडान नियमित सञ्चालन हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण लगाइएको निषेधाज्ञाले बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि नियमित आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । उडान नियमित सञ्चालन गरे पनि आजदेखि ५० प्रतिशत मात्रै सञ्चालन हुने छ […]

आन्तरिक उडान १७ असारबाट

आन्तरिक उडान आगामी असार १७ देखि नियमित सञ्चालनमा आउने भएको छ । सोमबार सरकारले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेसँगै बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान सुरु हुने मिति तय गरेको हो ।मन्त्रालयले असार १७ देखि आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको […]

असार १७ देखि आन्तरिक उडान

मुलुकको आन्तरिक हवाई उडान असार १७ देखि सञ्चालन हुने भएको छ ।     संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान ...

असार १७ देखि आन्तरिक उडान खुल्ने

काठमाडौ। सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुलाउने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ गतेदेखि उडान खोल्न दिने निर्णय गरेको हो। मन्त्रालयका अनुसार आन्तरिक उडान खोल्दा कम्पनीहरूले यात्रु क्षमता ५० प्रतिशत बढी राख्न पाइने छ। सरकारले यही सोमबारको मन्त्रिपरिषदको बैठकबाट हवाई उडान खोल्ने निर्णय गरेको थियो।

आधा आन्तरिक उडान सुरु गर्ने निर्णय

मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो। उडानको व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय गरेको छ।...

आन्तरिक उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौं, ८ असार । सरकारले आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद बैठकले ५० प्रतिशत अकुपेन्सीमा आन्तरिक उडान सुचारु गर्ने निर्णय गरेको हो । तर, उडान सञ्चालनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई जिम्मेवार दिएको हो । भोलि नै मन्त्रालयले उडान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । file photo

असार तेस्रो हप्तादेखि आन्तरिक उडान खुला गरिने

काठमाडौं, असार ४। निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई दबाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । ४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ । मुलुकभित्र […]

आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगियो

काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले आन्तरिक उडान सुचारु गर्नेगरि मन्त्रिपरिषदमा प्रस्ताव लगेका छन् । पछिल्लो समय विमान सञ्चालकहरुले तत्काल उडान सुचारु गर्न सरकारसमक्ष आग्रह गरिरहेका छन् । नवनियुक्त पर्यटनमन्त्री अरगरियाले पनि स्वास्थ्य–सुरक्षाका सम्पूर्ण प्रोटोकल फलो गरेर आन्तरिक उडान सुचारु गर्न सकिने भन्दै सोहीअनुसार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको बुझिएको छ […]

असार १ देखि आन्तरिक उडान खुला गर्न वायुसेवा सञ्चालक संघको आग्रह

वायु सेवा सञ्चालक संघले असार १ गतेदेखि आन्तरिक उडान खुला गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै वायु सेवा सञ्चालक संघले आन्तरिक उडान खुला गर्न माग गरेको हो ।  सरकारले निषेधाज्ञालाई क्रमश खुकुलो बनाउँदै लैजाने तयारी गरेको समाचार प्रकाशमा आइरहेको समयमा आन्तरिक उडान शुरू गर्न वायु सेवा संचालक संघले माग गरेको हो ।  संघका प्रथम उपाध्यक्ष अनोज रिमालले अन्तराष्ट्रिय प्रावधान अनुसारका सुरक्षा मापदण्डअनुसार विमान सञ्चालन गर्न तयार रहेको उल्लेख गरे...

आन्तरिक उडान रोक्ने  तयारी

काठमाण्डाै -  कोरोना-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक उडान बन्द गर्न सिफारिस गरेको छ ।कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।सरकारले कोरोना सङ्क्रमित बढेका जिल्लामा निषेधाज्ञा लगाएर गाडी चल्न बन्द गरे पनि आन्तरिक उडान भने खुला नै रहेका छन् । सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिनुभयो । यसैबीच सरकारले कोरोना ...