बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द

बागलुङ । बागलुङबजारसँग दक्षिणी भेग जोड्ने बागलुङ–कुश्मिसेरा सडक खण्ड एक साताका लागि बन्द गरिएको छ । बागलुङ नगरपालिका–१० गलुवाको पहिरो नियन्त्रणका लागि एक साताका लागि बन्द गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । पहिरो नियन्त्रणका लागि उक्त सडक असार ४ देखि १० गतेसम्मका लागि बन्द गरिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए । […]