पाइपलाइन मर्मत गरेपछि कुश्मामा पानी आपूर्ति

पर्वत : खोलामा आएको बाढी र पहिरोले पाइप लाइनमा बनाएको क्षतिका कारण पानीको आपूर्ति बन्द भएको पर्वत सदरमुकाम कुश्माबजारमा पूर्ववत् मात्रामा पानी आपूर्ति पुनः शुरु भएको छ।बजारको पानी व्यवस्थापनको काम गर्दै आएको शिवालय कुश्मा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका कार्यालय प्रमुख ज्योतीन्द्र पौडेलका अनुसार गत आइतबार राति वर्षा र बाढीका कारण कुश्मामा पानीको आपूर्ति हुँदै आएका मुहान र पाइप लाइनमा क्षति भएको थियो।प्रतिसेकेन्ड १७ लिटर पानी झर्ने गरी मोदी गाउँपालिकाको पाती खोलाबाट आएको पाइप लाइनका केही ठा