काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा, कोरोनाका कारण केही ढिलाइ

कोरोनाभाइरसको दोस्रो लहरसँग लड्न लगाइएको निषेधाज्ञाका कारण काष्ठमण्डप पुनर्निर्माणमा ढिलाइ हुने भएको छ । काष्ठमण्डको पुनर्निर्माण यही असार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले निषेधाज्ञाका कारण आवश्यक पर्ने काठको आपूर्ति बन्द हुँदा काष्ठमण्डप पुनर्निर्माण ढिलाइ भएको बताउनुभयो ।