अस्मिता हत्या प्रकरण: शव भेटिएको स्थानदेखि १५० मिटरको दुरीमा मोबाईल भेटियो

राम धामी , डडेल्धुरा ।  डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपाल र संघीय प्रहरीबाट खटाइएका अनुसन्धान अधिकृत डीएसपी लक्ष्मण शाही इलाका प्रहरी कार्यालय जोगबुडाको प्राङ्गणमा रहेको प्रतिक्षालयमा बसेर अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई कमाण्ड गरिरहनु भएको छ । डीएसपीद्वय अनिवार्यवाहेक कसैको फोन उठाउनु हुन्न् । कसैसँग भेटघाट पनि निषेध गरिएको छ । मंगलबार आफन्तले शव बुझेर […]

सम्बन्धित सामग्री

अस्मिता हत्या प्रकरण : नगरपालिकाले कार्यान्वयन गरेन सहमति

डडेल्धुरा : मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीका परिवार र नगरपालिकाबीच भएको सहमति कार्यान्वयन हुन सकेको छैन।शुक्रबार अस्मिताको न्यायका लागि गठित संघर्ष समितिले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी सहमति कार्यान्वयन नभएको जनाएको हो।नगरपालिकाले ७ लाख ५० हजार र वडाबाट २ लाख ५० हजार राहत दिने निर्णय भएको थियो। तर, हालसम्म नगरपालिकाले राहतस्वरूप दिनुपर्ने रकम नदिएको संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दि

अस्मिता हत्या प्रकरण : मिडियाबाट भाग्दै डडेल्धुरा प्रहरी !

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका-८ को आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी मृत फेला परेको आज चार दिन पूरा भएको छ।आधारभूत स्वास्थ्य केन्द्र जमरानीमा कार्यरत कार्यालय सहयोगी धामी असार ५ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनको शव भेटिएको चार दिनपछि मंगलबार अन्त्येष्टि गरिएको छ।बीभत्स रुपमा हत्या गरिएको घटनाको अनुसन्धान थालेको प्रहरीले भने मिडियामा कुनै प्रतिक्रिया दिन मानिरेहको छैन। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले यस घटनाका विषयमा कुनै पनि सूच

अस्मिता हत्या प्रकरण : स्थानीयद्वारा नगरपालिका घेराउ

कोरोना बिरुद्धको खोप बोकेर जोगबुडा अस्पताल आएकी परशुराम नगरपालिका-८ स्थित जमेरानी आधारभुत स्वास्थ्य सेवा केन्द्रकी कार्यालय सहयोगी अस्मिता धामीको हत्या भएको भन्दै स्थानीयले परशुराम नगरपालिका घेराउ गरेका छन ।

अस्मिता हत्या प्रकरण : अनुसन्धानका लागि दुई वटा प्रहरी टोली परिचालन

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–८ की युवती अस्मिता धामी हत्या प्रकरणको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय धनगढीबाट दुई वटा प्रहरी टोली परिचालन गरिएको छ । शनिवार परशुराम नगरपालिका वडा नम्बर ९ स्थित हट्वानी सामुदायिक वनमा मृत फेला परेकी २६ वर्षीया धामीको हत्या घटनाको अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टा छुट्टै […]