काठमाडौं, असार ९ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल मन्त्रीमण्डल पुर्नगठनबारे प्रधानमन्त्री शेरबहादुर देउवासंग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ लागेका छन् । विहिबार विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग खुमलटारमा छलफल गरेपछि अध्यक्ष नेपाल बालुवाटारतर्फ लागेका हुन् । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेकाले […]