‘बिदेशी सेना फिर्ता गर्ने म्याद थपिन्न’

तालिबानले अफगानिस्तानबाट बाहिरिने विदेशी सेनाको म्याद नथप्ने प्रष्ट्याएको छ । तालिबानका एक जना प्रवक्ताले अफगानिस्तानबाट उद्धारको मिसनका लागि म्याद थप्न तालिबान सहमत नहुने बताउनुभएको छ । बेलायतको समाचार संस्था स्काइ न्यूजसँगको अन्तवार्तामा तालिबानका प्रवक्ता सुहैल शाहीनले भन्नुभयो, “त्यसो भएको अवस्थामा म्याद थप्नु पेशा मात्रै हुन जानेछ, उक्त म्याद रातो चिन्ह हो ।” सुहैल शाहीन दोहामा रहेका तालिबानका डेलिगेशनका सदस्य हुनुहुन्छ ।

सम्बन्धित सामग्री

सेप्टेम्बर ११ सम्म अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता लैजाने बाइडेनको घोषणा

काठमाडौं :  अमेरिकी रास्ट्रपति जो बाइडेनले आगामी सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिक फिर्ता गर्ने घोषणा गरेका छन्।पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि मे १  सम्म सबै अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय गरे पनि त्यसको म्याद गुज्रिँनै लाग्दा करिब ३ हजार अमेरिकी सेना अफगानिस्तानमा अझै रहेका छन्। अमेरिकामा आतंकवादी हमलापछिको २० वर्ष लामो युद्ध अन्त्य गर्न बाइडेनको यो विशेष निर्णय भएको द न्यूयोर्क टाइम्सले लेखेको छ। अमेरिकी सैनिक फिर्ता प्रक्रिया ढिला हु