भ्रष्टाचारप्रति व्यंग्य गर्दै सांसद पासवानले सुनाए कविता : नेपालीहरु खोज्दैछन् विकास र सम्मृद्धि, अनायास देख्दै छन् दण्डहिनता र भ्रष्टाचारमा वृद्धि

काठमाडौं : समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य रामप्रित पासवानले चीनबाट फैलिएको कोरोना भाइरस भन्दा पनि खतरनाक ‘भ्रष्टाचार’ नामको भाइरस नेपालमा फैलिएको भन्दै त्यस तर्फ चिन्ता गर्न सरकारलाई सचेत गराएका छन्। बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पासवानले भ्रष्टाचार, चर्को बजार मूल्य र बेरोजगारीको चपेटामा समाज पर्दै गएको