स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयासरत छुः मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफू प्रयासरत रहेको बताए । बुधबार मकवानपुरे समाज काठमाडौंको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै उनले आफूले थालेको प्रयासमा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।शनिबार सम्पन्न समाजको दोस्रो साधारणसभाबाट अरुणकुमार गुरुङको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो । मन्त्री खतिवडाले उक्त कार्यसमितिलाई आफ्नो […]