तानसेन, २१ मंसिर । काठमाडौँका विकाश मर्हजन पाल्पाकोे तानसेनमा ओर्लिएपछि आकाशमा चङ्गा उडे जस्तै प्याराग्लाईडिङ्ग देख्दा त्यसमा बसी सयर गर्न आकर्षित हुनुभयो । चौथो पटक पाल्पा घुम्न आउनुभएका उहाँलाई यसपाली भने प्याराग्लाईडिङ्गले तान्यो । “एतिहासिक तानसेन वजारलाई आकाशबाट हेर्दाको मजा नै वेग्लै हुँदो रैछ”, उहाँ भन्नुहुन्छ, “चिसो मौसमलाई न्यानो बनाउन प्याराग्लाईडिङ्ग राम्रो माध्यम बनेछ ।” […]