काठमाडौं : मानव सम्भ्यताको उत्पत्ति ढुङ्गे युगदेखि २१ औं शताब्दीसम्म आइपुग्दा विज्ञान प्रविधिको विकासले निकै फड्को मारेको छ।विज्ञान प्रविधिको तीव्र विकासले सिंगो संसारलाई एकैठाउँमा सीमित पनि गरेको छ। विकसित प्रविधिकै एउटा नमुना सामाजिक सञ्जाल पनि हो।सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर, इमो प्रयोग नगर्ने नेपालमा सायदै होलान्। विद्यालय उमेरका बालबालिकादेखि अक्षरसम्म नचिन्ने वृद्धवृद्धाले सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन्।कखरा एबिसिडी चिन्न नसक्ने प्रौढदेखि भर्खरै अक्षर चिनेका बालबालिक