काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । एमालेको महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई व्यक्तिगत रूपमा निमन्त्रणा गरेका थिए। तर थापाले विशेष कारणवश उपस्थित हुन नसक्ने जनाउँदै धन्यवादसहित शुभकामना सन्देश पठाएका […]
नेकपा (एमाले)को महाधिवेशन उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरू उपस्थिति नभए पनि नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव भने पुगेका छन् ।
काठमाडाैं ।आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आवेदन दिएका दलहरुका लागि कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीका लागि एक सय दलले आवेदन दिएका थिए । जसमध्ये दुई वा […]
भोजपुर– सदरमुकाम नजिकै रहेको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइएको छ । भोजपुर नगरपालिका–९ मा पर्ने यस स्थानलाई आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै संरक्षण तथा संरचना निर्माणको काम निरन्तर रहेको वडाध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । वडाको छ लाख र प्रदेश सरकारको १० लाख गरी कूल १६ लाखमा यहाँ दुईतिरबाट […]
काठमाडौं– नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थलमा पार्टी अध्यक्ष केपी शर्मा ओली पुगेका छन् । भक्तपुरको तीनकुनेस्थित नेपाल ट्रष्टको मैदानमा केही बेरअघि अध्यक्ष ओलीको आगमनसँगै महाधिवेशन औपचारिक उद्घाटनतर्फ अग्रसर भएको छ । कार्यक्रमस्थलमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा अन्य पदाधिकारीहरू यसअघि नै पुगिसक्नु भएको थियो । अध्यक्ष ओली कार्यक्रमस्थल प्रवेश […]
एजेन्सी– अष्ट्रेलियामा धेरै मानिसले सङ्घीय सरकारले लगाएको १६ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धलाई समर्थन गरेका छन् । मोनाश विश्वविद्यालयको तर्फबाट रोय मोर्गन रिसर्चले एक हजार ५९८ जनामा गरेको सर्वेक्षण अनुसार ७९ प्रतिशतले यस प्रतिबन्धलाई समर्थन गरेका छन् । यो प्रतिबन्ध बुधबारदेखि लागू भएको हो । उमेर समूहअनुसार समर्थन फरक देखियो । १८–२४ वर्षका युवाहरूमा […]