विद्युतको आन्तरिक खपत वृद्धि गर्न काम भइरहेको छः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छन् । सोमवार ललितपुरमा आयोजित ‘जलविद्युत परियोजनामा बाढी पूर्व सूचना प्रणालीको व्यवस्था तथा स्थानीय निकायहरुसँगको सहकार्य र समन्वय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले विद्युतको आन्तरिक खपत वृद्धिका लागि सरकारले आवश्यक कदम अगाडि बढाइरहेको बताएकी हु्न् । नेपाल नवीकरणीय ऊर्जाका लागि दक्षिण एसियाकै केन्द्र बन्न लागेको उल्लेख गर्दै उनले जलविद्युत

सम्बन्धित सामग्री

खोला ओगट्ने हाइड्रो कम्पनीको लाइसेन्स खारेज हुन्छ: ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लाइसेन्स लिने, विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने तर निर्माणमा नगई खोला नदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्न सरकारले त्यस्ता कम्पनीको लाइसेन्स रद्द गर्ने बताएकी छिन् । आज आयोजित ‘अन्तरदेशीय ऊर्जा व्यापारसँगै खुला पहुँच र प्रसारणको मूल्य’ विषयक कार्यशालामा मन्त्री भुसालले वास्तविक प्रवद्र्धकलाई प्रोत्साहित गर्नेतर्फ आवश्यक कदम चाल्न पनि सरकार तयार रहेको उल्लेख गरेकी हुन्।  उनले हाम्रो पहिलो प्राथमिकता भनेको देशमा अधिकतम विद्युत् उत्पादन गर्दै आन्तरिक खपत वृद्धि गरी प्रतिव्यक्ति विद्युत् खपतलाई क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य अवस्थामा पु¥याउने र आर्थिक उत्पादकत्व वृद्धि गर्ने नै रहेको बताउँदै स्वदेशी खपतभन्दा बढी हुने विद्युत् अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुको विकल्प पनि नरहेको प्रष्ट परिन्।जलस्रोतको अधिकतम उपयोग गरी विद्युत् उत्पादन गर्न विद्यमान क्यु ४० को डिजाइन व्यवस्थालाई हटाई जलविद्युत् आयोजना विकास गर्ने व्यवस्था लाइसेन्स र पिपिएमा मिलाउन खोजिएको उनको भनाइ थियो । नदी प्रवाह आयोजनाहरुको पिपिए पुनःसुरु गर्नेतर्फ गृहकार्य सुरु गरिएको पनि उनले जानकारी दिइन्।उनले भारतले नेपालका विभिन्न छ आयोजनाको करिब ३६५ मेगावाट विद्युत् भारतीय एक्सचेञ्ज बजारमा निर्यात गर्नसक्ने गरी स्वीकृति प्रदान गरेअनुसार नेपालले सो बराबरको विद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गरिरहेको र थप आयोजनाको विद्युत् निर्यात स्वीकृति प्राप्त गर्न राजनीतिक तथा कूटनीतिक प्रयास भइरहेको जानकारी दिइन्।

ऊर्जामन्त्री भुसाल भन्छिन्- विद्युतको आन्तरिक खपत बढाउन आवश्यक काम अघि बढिसक्यो

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युतको आन्तरिक खपत वृद्धि गर्न सरकारले आवश्यक काम अगाडि बढाएको बताएकी छिन् ।