लमजुङ - वृद्ध सासु र ससुराको हेरचाह गर्ने बुहारी सम्मानित

लमजङ – लमजुङमा वृद्ध सासु/ससुराको राम्रो हेरचाह गर्ने बुहारीहरुलाई सम्मानित गरिएको छ । ज्येष्ठ नागरिक समाज, भोटेओडारको नवौँ साधारण सभाकाे अवसरमा आज आफ्ना वृद्ध सासु/ससुरालाई राम्रो व्यवहार, हेरचाह, स्याहारसुसार गर्ने बुहारीहरुलाई सम्मानित गरिएको समाजका अध्यक्ष नारायणबहादुर कुँवरले बताउनुभयो ।सुन्दरबजार नगरपालिका–९ की रविकला अधिकारी र मधु आचार्य खनाल र लक्ष्मी भुजेललाई सम्मानपत्रको साथमा दोसल्ला ओढाइ सम्मानित गरिएको हाे ।सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै यसले झनै वृद्ध सासुको राम्रो स्या...