सफाइ अभियानले पनि रुप फेर्न नसकेको बाग्मती (तस्बिरसहित)

काठमाण्डौ - काठमाण्डौको बाग्मती नदी अहिले पनि 'ढलमती' उपनामले परिचित छ । केही वर्षदेखि बाग्मती सरसफाइ अभियानसँगै नदीमा केही फोहर कम भएकाे छ तर नदीमा फोहर फाल्नु हुँदैन भन्ने जनचेतना व्यापक हुन सकेको छैन । ढल, फोहर र दुर्गन्धपूर्ण बाग्मती नदी स्वच्छ, सफा र सुन्दर भएर आफ्नो पुरानै पहिचान पाउन मुस्किल छ । सबै मिलेर  फोहर नफाल्ने हो भने फेरि बाग्मती नदी छेउमा हरियाली र प्राकृतिक बास्नासहित बहनेछ । काठमाण्डाै उपत्यकाभित्र त बाग्मती फोहर छ नै चोभार नजिकबाट काठमाण्डाै बाहिरिने क्रममा पनि कालो बाग्मती ...