जनकपुर । प्रदेश २ को नामकरण र स्थायी राजधानी टुंगो लगाउन सकस देखिएको छ । सत्तारुढ गठबन्धनबीच नै प्रदेशको नामकरणका विषयमा सहमति जुट्न नसक्दा प्रदेशसभाबाट यसको टुङ्गो लाग्ने सम्भावना कमजोर भएको हो ।प्रदेश सरकारले प्रदेशको राजधानी र नामकरण सम्बन्धी प्रस्तावमाथि अध्ययन गरी प्रदेशसभामा प्रतिवेदन पेस गर्न राजधानी तथा नामकरण सम्बन्धी अध्ययन विशेष समिति, २०७८ गठन गर्न नामावलीसहितको प्रस्ताव पेस गर्ने भएको छ ।प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवका अनुसार आज १ बजे बस्ने भनिएको बैठकबाट सभामुख सरोजकुम