आइपुग्यो, भुटान सरकारले दिएको खोप

काठमाण्डाै – भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप काठमाण्डाै आइपुगेको छ । भुटानको ड्रुक एअरलाइन्सको विमानले बिहान ९ बजे त्रिभुवन विमानस्थलमा खोप ल्याएको हो ।  भुटानले तीन लाख डाेज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । घोषणा अनुसारको खोप आए नआएको निश्चित भने भएको छैन । अहिले १४ लाख भन्दा धेरै ज्येष्ठ नागरिक कोभिसिल्डको पर्खाइमा छन् । जापानबाट भोलि र पर्सि आइपुग्ने खोप र भुटानबाट आएको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई दिने सरकारको तयारी छ ।

सम्बन्धित सामग्री

भुटानबाट आइपुग्यो २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप

भुटान सरकारले दिएको २ लाख ३० हजार एष्ट्राजेनेकाको खोप काठमाडौं आइपुगेको छ। भुटानको ड्रुक एयरलाइन्सले शुक्रबार बिहान खोप नेपाल ल्याएको हो। भुटानले विभिन्न मुलुकबाट ल्याएको खोप आफ्ना नागरिकलाई लगाइसकेपछि बाँकी रहेको खोप नेपाललाई दिएको हो। यसअघि परराष्ट्र मन्त्रालयले भुटानबाट सापटीमा खोप ल्याउन लागेको जनाएको थियो। भुटानका ९५ प्रतिशत बढीलाई पूर्णखोप लगाइसकेपछि बाँकी रहेको खोप नेपाल […]

आइपुग्यो भुटानले दिएको तीन लाख डोज एस्ट्राजेनेका खोप

काठमाडौं।भुटान सरकारले नेपाललाई दिएको तीन लाख डोज एस्ट्राजेनेको खोप आज काठमाडौं आइपुगेको छ। भुटानको राजधानी थिम्पुस्थित पारो विमानस्थलबाट डुक एयरको कार्गो विमानले काठमाडौंमा खोप ल्याएको हो। उक्त जहाज आज शुक्रबार बिहान ९ बजेर ४० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो। स्वास्थ्य सेवा विभागले उक्त खोप कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन नपाएकालाई दिने बताएको छ।

भुटानबाट ३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

भुटानबाट कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको खोप उपलब्ध गराएको हो । भुटानको थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ः४० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए  ।भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वा

भुटान सरकारले दिएको अष्ट्राजेनेका खोप आइपुग्यो

काठमाडौँ । भुटान सरकारले दिएको करिब ३ लाख डोज अष्ट्राजेनेका खोप काठमाडौँ आइपुगेको छ । शुक्रबार बिहान खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको हो ।

भुटानले दिएको तीन लाख डोज एस्ट्राजेनेका खोप आज आइपुग्दै

काठमाडौँ । भुटान सरकारले नेपाललाई दिएको तीन लाख डोज एस्ट्राजेनेका खोप आज नेपाल आइपुग्दै छ। स्वास्थ्य सेवा विभागले भुटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयर खोप लिएर बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने जनाएको छ । उक्त खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने विभागका महानिर्देशक प्राध्यापक आरपी विच्छाले जनाकारी दिएका छन्। कोभिसिल्डको पहिलो […]

जापानले २५ विकासशील देशलाई कोरोना विरुद्धको खोप अभियानमा सघाउने

जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

भारतले दियो १० लाख मात्रा खोप, भोलि नै आइपुग्ने

नेपाललाई भारत सरकारले कोभिड– १९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार  नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र सेसेल्सलाई पनि खोप अनुदान सहायतास्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ ।   आज मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनमार्फत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले र नेपालका लागि भारतीय राजदूत व...

बुधबारदेखि भारतले नेपाललाई कोरोना खोप उपलव्ध गराउने

काठमाडौं । भारतले बुधबारदेखि नेपाल लगायतका छिमेकी मुलुकहरुलाई कोभिड–१९ खोप उपलव्ध गराउने भएको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार लगायतका मुलुकमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलव्ध गराउने जानकारी दिएको हो ।विदेश मन्त्रालयले अनुदानमा खोप वितरण गर्ने जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत ट्वीटरमार्फत छिमेकी मुलुकहरुलाई बुधबारदेखि खोप वितरण सुरु गर्ने जानकारी दिएका छन् । नेपाल सरकारले भने