बारा बस दुर्घटना : १६ जनाको निधन, नौ जनाको सनाखत

काठमाडौं, २० असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ । बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ को सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । मृत्यु हुनेमा पर्साको विरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, […]

सम्बन्धित सामग्री

बारा बस दुर्घटना : मृतक सातैजनाको सनाखत

मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा आज बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल पण्डित तथा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६० वर्षीया सत्यवती सिंह, ७० वर्षीय राजेन्द्र चतुरवेदी, ६५ वर्षीय श्रीकान्त चतुरवेदी र ६७ वर्षीया वैजन्ती देवी रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।   बसमा चालकसहित २६ यात्रु सवार थिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेको हेटौंडा अस्पताल, सञ्चो अस्पताल, चुरेहिल अस्पताल र चितवनस्थित पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् बसका चालक, सहचालक र अन्य एक जना सम्पर्कमा नआएको एसपी रिजालले बताए । उनीहरूको खोजी भइरहेको छ ।   काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकराजमार्गको चुरियामाई मन्दिरबाट एक सय मिटर दक्षिणतर्फको खोलामा खसेर दुर्घटना भएको हो । रासस

बारा बस दुर्घटना अपडेटः मृत्यु हुने सबैको सनाखत

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा बिहीबार यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु भएका १८ जनाकै सनाखत भएकाे छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको बिहीबार राति उपचारको क्रमा मृत्यु भएपछि मृतकहरूको संख्या १८ पुगेको र सबैकाे सनाखत भएकाे बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए । थापाका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरूमा बाराको कलैया […]

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १८ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगञ्ज-१६ नगवा बस्ने […]

बारा बस दुर्घटना अपडेट : १६ को मृत्यु, २५ घाइते

काठमाडौं : बारामा यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको हो।ज्यान गुमाउनेमा १० जना पुरुष र ६ जना महिला छन्। मृतक मध्येे जनकपुर उपमहानगरपालिका ५ का ५० वर्षीय सन्तोष कुमार रायको मात्र सनाखत भएको छ भने अन्य १५ जनाको सनाखत हुन बाँकी रहेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।दुर्घटनामा घाइते भएका

बारा बस दुर्घटना अपडेट : मृतकको संख्या १५ पुग्यो

बारा :  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा मर्नेको संख्या १५ पुगेको छ। दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन्। चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो।दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। गम्भीर घाइेतेको तीन जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १६ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जस्थित यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये थप दुई जनाको हेटौँडाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएकाे उनले […]

बारा बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १५ पुग्यो

मकवानपुर– पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ बस दुर्घटना हुँदा मर्नेको सङ्ख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा नौ पुरुष र छ महिला रहेका छन् । चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६-००१ ख ०११० नम्बरको बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी […]

बारा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १६ पुग्याे (अपडेट)

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गाैतमले जानकारी दिनुभयाे ।   हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनकाे भरतपुर अ...

बारा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १५ जना पुग्याे (अपडेट)

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १५ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो । ज्यान गुमाउनेमा नाै जना पुरुष र ६...

बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ […]