रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न माग गर्दै परिवारको प्रदर्शन, १५ जना पक्राउ

प्रदर्शनमा सहभागी रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियानकी नेतृत्वकर्ता कृतु भण्डारीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सम्बन्धित सामग्री

रुसी सेनामा रहेका नेपालीको उद्धार गर्न गृहमन्त्री लामिछानेसँग माग

काठमाडौं । ‘रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियान’ले रुस र युक्रेन युद्धको पृष्ठभूमिमा रुसी सेनामा आवद्ध नेपालीको जीवनरक्षा तथा उद्दार गरी सकुशल नेपाल फिर्ताको पहल गरिदिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग माग गरेको छ। केही पीडित परिवारले आज मन्त्री लामिछानेलाई ११ बुँदे मागसहितको ध्यानाकर्षण–पत्र बुझाउँदै सकुशल उद्दार, मृतक आश्रित परिवारलाई उचित राहत, मृतक भनिएका […]

रुसी सेनामा कार्यरत नेपालीका परिवारले रुसी दूतावासमा दिए निवेदन

२९ फागुन, काठमाडौ‌ं । रुसी सेनामा कार्यरत नेपालीका परिवारले त्यहाँ कार्यरत नेपालीको उद्धार, शव फिर्ता, वेपत्ताको खोजीका लागि रसियाली दूतावासलाई आग्रह गरेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीका परिवारका ३४ जनाले संयुक्त रुपमा म‌गलबार दिउँसो रसियाली दूतावासमा निवेदन बुझाएका हुन् । रुसी सेनामा रहेकाहरुको उद्धार, मृत्यु भएकाहरुको शव फिर्ता र वेपत्ता भएकाहरुको अवस्था सार्वजनिक […]