निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको सर्वोच्च अदालत प्रवेश गर्ने दोस्रो प्रयास पनि असफल भएको छ । संसद् सचिवालयबाट आफूमाथि लगाइएको महाभियोग प्रस्ताव निष्प्रिभावी भएको पत्र लिएर राणा बुधबार अदालतमा फर्कने तयारी गरेका थिए । तर, सचिवालयले दिएको पत्रको वैधानिकतामाथि प्रश्न उठेपछि राणाको अदालत फर्कने प्रयास विफल भएको हो ।यसअघि गत असोज २ गते राणाले सर्वोच्चमा फर्कने प्रयास गरेका थिए । निर्वाचनको मिति घोषणा भएर प्रतिनिधिसभाको आयु सकिएकाले संवैधानिक प्रक्रियाअनुसार सबै प्रस्ताव निष्क्रिय भएको