लुइस सुआरेज पुरानो क्लब फर्किने

पूर्व बार्सिलोना स्टार लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने भएका छन्। उनले उरुग्वेस्थित क्लबमा पुनः फर्किन प्रारम्भिक सम्झौता गरेको बताएका हुन्।३५ वर्षीय सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता यही समरमा सकिएसँगै फ्रि एजेन्टका रूपमा रहेका छन्। उनी आगामी विश्वकपअघिसम्ममा क्लबमा फर्किने विश्वास लिएको छ।उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सबै प्रक्रिया चाँडै पूरा हुने विश्वास गरे। उनको पुरानो क्लब नासिओनलका समर्थकले सुआरेजलाई क्लबमा ल्याउनका लागि क्याम्पेनिङ गरिरहेका