चिनियाँ कुटेकाे आरोप लागेका केन्द्रीय सदस्यलाई सार्वजनिक खण्डन गर्न माओवादीको निर्देशन

२९ माघ, काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा भूकम्प प्रभावितलाई राहत सामग्री लिएर पुगेको चिनियाँ टोलीका प्रमुखमाथि हातपात गरेको आरोप लागेका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई माओवादीले सार्वजनिक खण्डन गर्न निर्देशन दिएको छ । गत शुक्रबार र शनिबार बसेको पार्टीको स्थायी समिति बैठकले वैकल्पिक केन्द्रीय सदस्य केसीलाई स्पष्टीकरणको जवाफ सन्तोषजनक नरहेको भन्दै सार्वजनिक खण्डन गर्न निर्देशन […]