‘एउटा यस्तो प्रेम कहानी’ हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ हेर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई निम्तो दिएका छन् । प्रधानमन्त्रीले समय मिलाएर फिल्म हेर्न आउने आश्वासन दिएका छन् । लोकान्तरसँग बोल्दै अभिनेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री लामो समयपछि हल खुलेकोमा खुशी हुनुहुन्छ । सम्भवतः हाम्रो फिल्म हेर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’ अभिनेता शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते देशभरका हलमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, वर्षा राउत, संजोग...