पोल्याण्डमा खसेको मिसाइल सम्भवतः युक्रेनको हो : नेटोका महासचिव स्टोल्टनबर्ग

पोल्याण्डमा मंगलवार खसेको मिसाइल सम्भवतः युक्रेनको भएको नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले बताएका छन्। ‘रसियामा बनेको’ मिसाइल पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु भएको थियो। ‘सम्भवतः यो युक्रेनी एयर डिफेन्स मिसाइल हो,’ उनले युक्रेनी सीमानजिकै विस्फोटको अनुसन्धान जारी रहेको जानकारी दिँदै भने। तर, अन्ततः युक्रेनमा जारी आक्रमणका कारण यसको दोषी रसिया नै…