प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको रिट सर्वोच्चमा दर्ता हुँदै

काठमाडौं। प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी कारवाही गर्न भन्दै सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ। सर्वोच्चले शुक्रवार प्रचण्डलाई पक्राउ गर्न आदेश मागिएको दुईवटा रिट दर्ता गर्न आदेश दिएको हो।अब आइतबार सो रिट अदालतमा दर्ता हुनेछ। जसमा प्रचण्ड’ लाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाउन माग गरिएको छ।

सम्बन्धित सामग्री

रिगलकाे कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न आदेश

काठमाण्डाै – सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगल भनिने योगप्रसाद ढकाललाई गरेको कैद मिनाहलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा कैद मिनाहा गरिदिनुभएको थियो । सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्चमा रिट दिनुभएको थियो ।रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमा...