१७ माघ, चितवन । चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका- १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । […]