जलमग्न जनकपुरधाम (फोटो फिचर)

जनकपुरधाम : लगातारको वर्षाले जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका अधिकांश भागहरू जलमग्न भएका छन्।जनकपुरधाम उपमहमानगरपालिकाद्वारा निर्माण गरिएको ढलमा पानी निकास हुन नसक्दा घरघरमा पानी पसेर जनजीवन कष्टकर बनेको छ। मुसलधारे वर्षाका कारण पानीको उचित निकास नभएर उपमहानगरपालिकाको अधिकांश वडाहरूमा पानी जमेको छ।उपमहानगरपालिका–१, २, ३, ४, ७, ८, १३ वडाहरू पानीले जलमग्न छन्। स्थानीयका घरहरु मात्र नभएर कतिपय सरकारी कार्यालयहरू पनि जलमग्न छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्