इन्टरनेट टिप्न थालेपछि मानेडाँडाे बन्यो फोरजी डाँडो

ताप्लेजुङका नागरिकका लागि कुनै बेला आफन्त वा कसैसँग मोबाइलमा कुरा गर्नुपरे रूखका टुप्पा र अग्लो डाँडामा पुगेर मोबाइलको नेटवर्क खोज्नुपर्ने पर्थ्याे । सबै जना हातमा मोबाइल च्यापेर नेटवर्क खोज्दै रुख वा अग्लो ठाउँ चढ्थे । तर अहिले भने अलिक फरक छ फोनका लागि नभइ इन्टरनेटका लागि ल्याप्टप च्यापेर डाँडा उक्लनु पर्ने अबस्था छ । पछिल्लो समय जिल्लाका अधिकांस गाउँसम्म टावरहरु विस्तार गरिएसँगै ग्रामीण भेगका नागरिकले मोबाइल तथा टेलिफोन सेवा भने उपभोग गर्न पाएका छन् । टेलिफोन तथा मोबाइल प्रयोग गर्न पाए पनि धेरै ठाउँका नागरिक वा उपभोक्ता इन्टरनेट सेवा सहज रुपमा उपभोग गर्न पाएका छैनन् । इन्टरनेटको पहुँच नभएपछि सेवाको उपभोग गर्नुपरेमा उनीहरू इन्टरनेटको नेटवर्क खोज्दै डाँडा–डाँडामा निस्किन बाध्य छन् ।