८१३ पत्रकार सङ्क्रमित

काठमाडाैं। कोरोना भाइसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन्। नेपाल पत्रकार महासंघका अनुसार हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ भने तीन पत्रकार आइसीयूमा र तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।