काठमाडौं। विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा राष्ट्रिय सिर्जनशील समाज, तारकेश्वर र कोमल प्राज्ञिक केन्द्र, बुढानीलकण्ठको संयुक्त आयोजना तथा काठमाडौं मोडेल अस्पताल, बागबजारको प्राविधिक सहयोगमा ‘मानसिक स्वास्थ्यः बुझाइदेखि समाधानसम्म’ विषयक अन्तरक्रिया कार्यक्रम गत शनिबार सम्पन्न भयो। तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा नम्रता प्रधान, मनोसामाजिक विमर्शकर्ता, मनोविद्, मनोसमस्या व्यवस्थापनकर्ता विजया बिजुक्छे, समाजशास्त्री श्यामकुमार […]
गोरखा । बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । बाढीले दुई वटा मोटरेबल र चारवटा झोलुङ्गे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । उनका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बगेका हुन् । बाढीले धार्चेगाउँपालिका १ र […]
गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा रहेका बस्ती, बजार, सडक, पुल तथा जलविद्युत् आयोजनाहरू बगाएर व्यापक भौतिक क्षति पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीका कारण चुमनुब्री गाउँपालिका-३ स्थित न्याकचेटबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका-५ को माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको छ । […]
मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी-जोमसोम अवरुद्ध सडक खुलेसँगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङबाट बाहिरिन थालेका छन् । उनका […]
अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने त्यसका चालक घाइते भएका छन् । दुर्घटनामा सहचालक पाल्पा छहराका २२ वर्षीय गणेश राजकोटीको मृत्यु भएको बल्कोटस्थित प्रहरी कार्यालयका प्रमुख दिवस दाहालले जानकारी दिए । घाइते चालकलाई प्राथमिक उपचारपछि जिल्ला अस्पताल पठाइएको छ ।