सिन्धुली : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिन्धुली आउने भएका छन्। नेकपा माओवादी केन्द्र सिन्धुलीको नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन र एक विद्यालयको भवन उद्घाटन गर्नका लागि अध्यक्ष प्रचण्ड र शिक्षामन्त्री देवेन्द्र पौडेल सिन्धुली आउन लागेका हुन्।कमलामाई नगरपालिका–४ ढुङ्ग्रेवास दोभानटारमा रहेको सिन्धुली विद्याश्रम सार्वजनिक शैक्षिक गुठीको नवनिर्मित दुई वटा विद्यालय भवन उद्घाटनका लागि प्रचण्ड आज दिउँसो १ बजे सिन्धुली