तेस्रो राष्ट्रिय घरवास कार्यशाला आजदेखि शुरु - Purbeli News

कर्णाली / ‘प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध मुलुक निर्माण होमस्टेको अभियान’ भन्ने नाराका साथ आजदेखि शुरु हुने तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठीका लागि मुलुकभरका होमस्टे (घरबास) सञ्चालकहरू सुर्खेतमा भेला भएका छन् । कोभिड–१९ पछिको ग्रामीण पर्यटन र घरबासको अवस्थाबारे समीक्षा गर्ने उद्देश्यले वीरेन्द्रनगरको थारू घरबासमा शुरु हुने गोष्ठी तीन दिनसम्म चल्नेछ । कार्यशालामा सहभागी...

सम्बन्धित सामग्री

कोरोनाको मारमा परेका 'होमस्टे' प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

कोरोना भाइरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवर्द्धन गर्न तालिम र भौतिक पूर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवर्द्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणी निरौलाले माग गर्नुभयो ।

कोरोनाको मारमा 'होमस्टे', प्रवर्द्धन गर्न तालिम र पूर्वाधार माग

कोरोना भाईरस (कोभिड–१९) महामारीले प्रभावित बनेको होमस्टे (घरवास) व्यवसायलाई थप प्रवद्र्धन गर्न तालिम र भौतिक पुर्वाधार निर्माणमा सरकारलाई सहयोग गर्न व्यवसायीहरुले माग गरेका छन् । अर्थतन्त्रको मुख्य आधार पर्यटन भएकाले प्रवद्र्धनमा पहिलो कार्यक्रम होमस्टे (घरबास) बाटै शुरु गर्नुपर्ने होमस्टे (घरबास) एसोसिएसन नेपालका उपाध्यक्ष यदुमणी निरौलाले माग गर्नुभयो ।

भाेट हालेर छानिन्छन् 'भलमन्सा’

धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उहाँले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी हुनुभएको थियो । निर्वाचित भएपछि वर्षेनी गरेको कामको मूल्याङ्कनका आधारमा गाउँवासीले उहाँलाई भलमन्साको जिम्मेवारी दिँदै आएका छन् । भादा गाउँ थारु समुदायको नमूनाको गाउँ पनि हो । शतप्रतिशत घरधुरी थारु समुदाय रहेको यो गाउँमा भादा होम स्टे (भादा गाउँ घरवास कार्यक्रम) सञ्चालन हुँदै आएकामा पछिल्लो पटक कोरोनाको कहरका कारण यो कार्यक्रम भने प्रभावित भइरहेको छ । “यस वर्ष पनि भलमन्सा छनौटका बारेमा भेला गर्ने तयारी भइरहेको छ”, पदको जिम्मेवारी बहन गरेबापत् पारिश्रमिकको रुपमा खाद्यान्न पाइरहेका उहाँले भन्नुभयो, “गाउँवासीको भेलाले गर्ने निर्णय आफूले मान्नै पर्ने हुन्छ ।” घरमा भाइहरुबीच अंशबण्डा हुँदा बढेको घरायसी जिम्मेवारीका कारण कैलालीको हसुलिया गाउँका भलमन्सा रामबहादुर चौधरीले तीन वर्षअघि नै गाउँको भलमन्साको जिम्मेवारी छोड्नुभएको थियो । हाल भलमन्साको जिम्मेवारीमा रहनुभएका भोला चौधरी पुनः उक्त पदमा बस्ने नबस्ने टुङ्गो माघ ३ गते हुने भेलावाट लाग्ने उहाँ बताउनु हुन्छ । पदमा बसेर काम गर्न नसक्नेलाई भने पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपयले स्वेच्छाले पनि यो जिम्मेवारीबाट अलग हुने गर्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गर्ने गरिन्छ । माघ महिना शुरु हुन लागेसँगै यतिवेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनौट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । कोरोनाको जोखिम हुनसक्ने भन्दै कतिपय बस्तीमा यस्तो भेला गर्न भने केही असहज भइरहेको बताइएको छ ।

निर्माणाधीन फाल्गुनन्द विमानस्थलप्रभावितको गुनासो, 'बास जोगाउने कसरी ?'

इलाम : इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थल निर्माण कार्य ढिलो हुँदा केउरेनी गाउँकी रनमया तामाङलाई घरमाथिको पहाड बगेर घरवास उडाउने हो कि भन्ने चिन्ताले सताउँछ। उनीमात्र होइन निर्माणाधीन विमानस्थल नजिकका अन्य बासिन्दा ४ वर्षदेखि ढुक्कले निदाउन पाएका छैनन्। निर्माण शुरु भएको चार वर्ष बित्...