प्रवेशपत्रसँगै परिचय खुल्ने प्रमाणपत्र बोकेर परीक्षामा सहभागी हुन आयोगको आग्रह

काठमाडौं, ४ चैत्र । शिक्षक सेवा आयोगले लिने विभिन्न तहका परीक्षामा परीक्षार्थीले प्रवेशपत्र सँगै परिचय खुल्ने प्रमाणपत्रसहित सहभागी हुन आग्रह गरेको छ । आयोगले आज एक सुचना जारी गर्दै चैत्र १५,१७, १९ र २१ गते सञ्चालन हुने खुल्ला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षामा उम्मेदवारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान […]

सम्बन्धित सामग्री

शान्तिपूर्ण प्रदर्शन गर्न आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले संविधान, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ । आयोगले आगामी दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो । नेकपा (एमाले)को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक […]

संक्रमणकालीन न्यायलाई टुंग्याउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धमा सर्वोच्च अदालतको आदेश, आयोगले विगतमा दिएका सुझाव र अन्तरराष्ट्रिय मान्यताबमोजिम हुने गरी संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न र यथाशीघ्र आयोग गठन गरी यस विषयलाई छिटो टुंगोमा पुर्‍याउन आयोगले आग्रह गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको प्रेस विज्ञप्तिमार्फत संक्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि विभिन्न कोणबाट बहस भइरहेको र यथाशीघ्र निष्कर्षमा पुर्‍याउन सरकारसँग माग गरिएको छ । विसं २०६३ मङ्सिर ५ गते राज्य पक्ष र तत्कालीन सशस्त्र विद्रोही पक्षबीच भएको विस्तृत शान्ति सम्झौतामा संक्रमणकालीन न्यायका माध्यमबाट द्वन्द्वपीडितलाई न्याय प्रदान गर्ने भनिए पनि १६ वर्ष पूरा भइसक्दासमेत संक्रमणकालीन न्यायका कतिपय विषय टुंगोमा नपुग्नु चिन्ताको विषय बनेको आयोगको ठम्याई छ । विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा केही द्वन्द्वपीडित न्यायको मागसहित सर्वोच्च अदालतमा निवेदन दर्ता गर्न गएको विषयमाथि केही राजनीतिक दलले प्रश्न उठाउनुले द्वन्द्वपीडितको न्याय खोज्ने हकमा अवाञ्छित प्रभाव पर्नसक्ने देखिन्छ ।’ संक्रमणकालीन न्यायको छुट्टै विधि र प्रक्रिया भए पनि मानवअधिकार उल्लंघनका घटनामा न्याय प्राप्तिका लागि न्यायिक निकायमा प्रवेश गर्न पाउने पीडितको हकलाई संकुचित गर्नु न्यायोचित नहुने आयोगको ठहर छ । रासस

सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सरकार र सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।...

सुकुम्बासीलाई असुरक्षित हुने काम नगर्न आयोगको आग्रह

काठमाडौं, १६ मंसिर । राष्ट्रिय भूमि आयोगले देशभरका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन र प्रमाणीकरणको काम भइरहेको जनाएको छ । आयोगका उपाध्यक्ष नहेन्द्र खड्काका अनुसार भूमिहीनको लगत सङ्कलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच र लालपुर्जा वितरणको काम निर्वाचन आचारसंहिताका कारण केही समय रोकिएको भए पनि अब पुनः अगाडि बढ्ने क्रममा छ । […]

निर्वाचन सम्बन्धित सूचना प्रवाह गरिदिन व्यवसायीलाई आयोगको आग्रह

काठमाडौं, २२ कात्तिक । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ । आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो […]

चोलेन्द्रमाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधानन्यायीश चोलेन्द्र शमशेर जबरामाथिको अवरोध हटाउन सरकारसँग आग्रह गरेको छ । आइतबार प्रधानन्यायाधीश निवास बालुवाटारमा अनुगमनपछि आयोगलेगरेको विज्ञप्ति जारी गर्दै यस प्रकारको गतिरोध अन्त्य गर्न आग्रह गरेको हो । संविधानप्रदत्ता वैयक्तिक स्वतन्त्रता, आवतजावतको स्वतन्त्रता र गोपनीयताको अधिकारको राज्यले सम्मान गर्नुपर्ने आयोगको विज्ञप्तिमा भनिएको छ । ‘जुनसुकै व्यक्तिको पनि […] The post चोलेन्द्रमाथिको अवरोध हटाउन मानव अधिकार आयोगको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विद्युतिय मतदान यन्त्र साउन मसान्तसम्म उपलब्ध गराउन आयोगको आग्रह

काठमाडौं, १६ असार । निर्वाचन आयोगले विद्युतीय मतदान यन्त्रबाट आगामी चुनावमा मतदान गर्ने हो भने साउन मसान्तसम्ममा उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ । आयोगले सो विषयको अध्ययन प्रतिवेदन गृहमन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेश गर्दै आगामी प्रदेश र संघीय चुनावका लागि मेसिन साउनभित्र उपलब्ध गराइदिन आग्रह गरेको हो । ‘‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा […]

मतदान गर्न जाँदा यी कुरा नगर्न आयोगको आग्रह

काठमाडौं, २६ वैशाख : वैशाख ३० गते मतदानका लागि मत केन्द्रमा जाँदा विभिन्न कुरामा ध्यान दिन निर्वाचन आयोगले आग्रह गरेको छ । आयोगले बुधबार एक सूचना जारी गर्दै  स्थानीय तह निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले विभिन्न व्यवस्था गरेको जनाएको छ । मतदाता उम्मेदवार र आयोगबाट अनुमति पाएका […]

दुवै पक्षलाई लचिलो हुन संवैधानिक आयोगको आग्रह

काठमाडौं, ३० कात्तिक । पछिल्लो समय न्यायालयमा देखिएको समस्या समाधानको लागि संवैधानिक आयोगका पदाधिकारी र सदस्यहरुले दुवै पक्षलाई लचिलो हुन आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै दुवैपक्ष नेपाल बार र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई समस्या समाधान गर्न आग्रह गरेको हो । राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी […]

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रह गरेको छ । आयोगमा प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको परिधिभित्र रहेर गरिने विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न सरकारलाई आग्रह गरेको उल्लेख छ । विज्ञप्तिमा यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा […]