चितवनमा २२ करोड लगानीमा खुल्यो खाद्य उद्योग

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना भएको छ । मनकामना ग्रुपद्वारा सञ्चालनमा आएको दरबार फुड इन्डस्ट्रिजबाट हाल ‘मेहक’ ब्रान्डका  १६ थरीका मसला उत्पादन सुरु भएको छ । स्वदेशमै गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने उद्देश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले जानकारी दिएको छ । मसलालगायत अन्य खाद्यवस्तुको उत्पादन सुरु गर्दासम्म २२ करोड लगानी अनुमान गरिएको यो उद्योग ९ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निशेधाज्ञाको समय मसलाजन्य उत्पादन सुरु गरिएकामा अन्य उत्पादन निषेधाज्ञापछि थालिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महिनादेखि नै मसलाजन्य उत्पादन र बिक्री सुरु भइसकेको छ’, उनले भने, निषेधाज्ञापछि अन्य उत्पादनको मेसिन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन, चियापत्ती, कन्फ्लेक्स, कुरकुरे, आलुचिप्सलगायत उत्पादन सुरु गरिने अर्यालले बताए । यो समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीको अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्देश्यले खाद्यवस्तु उद्योगमा  लगानी गरिएकोे उनको भनाइ छ । ग्रुपले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एन्ड क्राफ्ट र एभोकाडो इन्टरनेसनलमार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्ति गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, अहिले नयाँ सोच र भिजनका साथ खाद्यय उद्योगमा हात हालेका हौं । अब क्रमशः निर्याततर्फ अगाडि बढ्छौं ।’ हाल जर्मन प्रविधिमा आधारित मेसिनले चार सय केजी मसला उत्पादन गर्नेछ । स्वचालित भएकाले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेसिनले नै मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङसमेत हुने अध्यक्ष अर्यालले  जानकारी दिए । लामो समयको बजार अनुसन्धान, माग, आपूर्ति र अन्तराष्ट्रिय बजारको अवस्थालाई समेत दृष्टिगत गरी निर्यात गर्ने उद्देश्यल उद्योग स्थापना गरिएको कम्पनीका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुसालले बताए । ‘हामीले धेरै समय लगाएर बजार रिसर्च ग¥यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं,’ प्रबन्धक भुसालले भने । हाल निषेधाज्ञाका कारण मसलाको मागअनुसार आपूर्ति गर्दै आएको र सहज भएपछि देशभर आपूर्ति हुने गरी उत्पादन गरिने भुसालको भनाइ छ । हाल मसला उद्योगमा प्रत्यक्ष रूपमा ३५ जनाले रोजगारी पाएका छन् । सबै उत्पादन सुरु भएपछि डेढ सयले रोजगारी पाउने उनले बताए । मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्देश्य रहेको उनले सुनाए । ‘तयारी मसलाको पहुँच ६० प्रतिशत हाराहारी होला । बाँँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ भने बाँँकी बाहिरबाट आउँछ’, उनले भने, सोही कारण मसला उत्पादनबाट सुरु गरेका हौं ।’ यो उद्योगको पूर्वाधार दुई वर्षअघि सुरु गरिए पनि गत महिनाबाट मसला उत्पादन थालिएको हो । नेपालमा वार्षिक साढे १२ अर्ब बराबरको मसलाको कारोबार हुने गरेको बताइन्छ ।

सम्बन्धित सामग्री

२२ करोड लगानीमा चितवनमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना

असार १, चितवन । भरतपुर महानगरपालिका - ४ स्थित लक्ष्मीपुरमा अत्याधुनिक प्रविधिको खाद्य उद्योग स्थापना गरिएको छ ।  मनकामना ग्रुपले सञ्चालनमा ल्याएको दरबारफुड इन्डिष्ट्रिजबाट हाल ‘मेहक’ ब्राण्डका १६ प्रकारका मसला उत्पादन हुन थालेको छ । स्वदेशमै उच्च गुणस्तरको खाद्यसामाग्री उपलब्ध गराउने उद्धेश्यले उद्योग स्थापना गरिएको मनकामना ग्रुपले बताएको छ । मसला लगायत अन्य खाद्य वस्तुको उत्पादन शुरु गर्दासम्म २२ करोड रुपैयाँ लगानी अनुमान गरिएको यो उद्योग नौ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । निषेधाज्ञा बीचनै मसलाजन्य उत्पादन शुरु गरिएको र अन्य उत्पादनहरु निषेधाज्ञापछि शुरु गरिने ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले जानकारी दिए । ‘एक महीनादेखि नै मसलाजन्य उत्पादन र विक्री पनि शुरु भइसकेको छ’, उनले भने, ‘निषेधाज्ञा पछि अन्य उत्पादनको मेशीन उपकरण जडान गर्नेछौं ।’ निषेधाज्ञापछि दालमोठ, भुजिया र नमकिन,चियापत्ती, कन्फेल्क्स, कुरकुरे, आलुचिप्स लगायतका उत्पादन शुरु गरिने अर्यालले बताए ।  उक्त समूहले यसअघि निर्माणजन्य सामग्रीको उद्योगहरु सञ्चालन गर्दै आएको थियो । कम्पनीलाई विस्तार गर्ने र अन्य क्षेत्रमा समेत सेवा विस्तार गर्ने उद्धेश्यले खाद्यवस्तु उद्योगमा पनि  लगानी गरिएकोे उनको भनाइ छ । उक्त समूहले जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट र एभोकाडो ईन्टरनेशन मार्फत अन्य उद्योगलाई चाहिने केमिकल आपूर्तिको काम गर्दै आएको छ । ‘हामीले पहिले निर्माणजन्य उद्योगमा मात्र लगानी बढायौं’, अध्यक्ष अर्यालले भने, ‘अहिले नयाँ सोच र उद्धेष्यका साथ खाद्यजन्य उद्योगमा हात हालेका हौं । अब क्रमश: निर्याततर्फ बढ्नेछौं ।’ हाल जर्मन प्रविधिमा आधारित भारतमा बनेको उक्त मेशीन बढी अत्याधुनिक र बढी उत्पादन क्षमता रहेको छ । कम्पनीका अनुसार प्रतिदिन यो मेशिनले प्रतिघण्टा ४०० केजी मसला उत्पादन गर्नेछ । स्वचालित मेशीन भएकोले मसलामा चाहिने कच्चा पदार्थको मात्रा मेशीनले मिलाएर, प्रशोधन र प्रयोगशाला परीक्षण गरी प्याकेजिङ्गसमेत मेशीनबाटनै हुर्ने  अध्यक्ष अर्यालले  जानकारी दिए ।  लामो समयको बजार अनुसन्धान, माग, र आपूर्ति र अन्तरराष्ट्रिय बजारको अवस्थालाई समेत ध्यानमा राख्दै निर्यात गर्ने उद्धेश्यले उद्योग स्थापना गरिएको दरबार फुड इन्डिष्ट्रिजका प्रबन्धक निर्देशक रवीन्द्र शर्मा भुषालले बताए । ‘हामीले धेरैसमय लगाएर बजार अनुसन्धान गर्‍यौं र यसको माग, आवश्यकता र आपूर्तिको अवस्था पनि हेर्‍यौं’, प्रबन्धक भुषालले भने । उनका अनुसार निम्न वर्गको भान्सादेखि तारे होटलहरुलाई लक्षित गरी मसलाजन्य उत्पादन शुरु गरेको र अब गरिने  अन्य उत्पादन पनि सबै  वर्ग लक्षित हुने र उच्च गुणस्तरको हुनेछ । हाल निषेधाज्ञाका कारण मसलाको माग अनुसारको आपूर्ति गर्दै आएको र निषेधाज्ञा खुलेपछि देशभर आपूर्ति हुनेगरी उत्पादन हुने भुषालको भनाइ छ ।  हाल मसला उद्योगमा प्रत्यक्षरुपमा ३५ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।सबै उत्पादन शुरु भएपछि १५० जनाले रोजगारी पाउने पनि उनले बताए ।  नेपालमै उच्च गुणस्तर, प्रकार र स्वाद अनुसार मसला उत्पादन गरिएकोले उत्पादहरुले राम्रो बजार पाएको दाबी कम्पनीले गरेको छ । अझै पनि ४० प्रतिशत हाराहारीमा  नेपाली तयारी मसलाको पहुँचमा नपुगेको भन्दै गुणस्तरीय कायम राख्दै मसलाको आयात र तयारी मसलाको बजार विस्तार गर्ने उद्योगको उद्धेश्य रहेको भुषालले बताए ।  ‘तयारी मसलाको पहुँच ६० प्रतिशतको हाराहारीमा होला । बाँकी रहेको बजार आधाजति नेपालमा उत्पादन हुन्छ बाँकी बाहिरबाट आउँछ’, उनले भने, ‘यसको बजार र संभावना बढिरहेको मसला उत्पादनबाट शुरु गरेका हौं ।’  यो उद्योगको पूर्वाधार निर्माण दुई वर्षअघिदेखि शुरु गरिए पनि गत महीनाबाट मसलाको उत्पादन शुरु गरिएको हो । नेपालमा वार्षिक मसलाको मात्रै सांढे १२ अर्ब रुपैयाँ बराबरको कारोबार हुने गरेको छ ।