कोभिशिल्ड खोपको प्रभावकारिता बारे के भन्छन् विज्ञ ?

काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु-याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपालले काठमाडौंमा आयोजना गरेको कोभिड १९ को महामारी र कोभिड विरुद्ध खोपको प्रभावकारिता विषयक अन्तरक्रियामा बोल्दै विज्ञहरुले कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरुसम्म पु-याउनुपर्नेमा जोड दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कोभिशिल्ड खोपबाट नडराई सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप खोपलिन आग्रह गर्नुभयो । सरकारले प्रतिबद्धता गरेभन्दा एकमहिना अगाडि नै खोप अभियान सुरु गर्नु सरकारको सफलता भएको उहाँको भनाई छ । खोप विज्ञ डा. श्याम राज उप्रेतीले अध्ययनले कोभिशिल्ड खोप ७० प्रतिशत भन्दा बढी प्रभावकारी भएको बताउनुभयो । कोभिशिल्ड खोप लगाईसकेपछि कोरोना लागेपनि मृत्यु कम हुने, अस्पताल जानुपर्ने अवस्था नआउने तथा सिकिस्त बिरामी नपर्ने उहाँको भनाई छ । भ्याक्सिन लगाएमा कोरोनाको संक्रमण भएपनि रोग लाग्न नसक्ने उहाँले स्पष्ट पार्नुभयो । खोपले ब्यक्तिलाई कोरोना संक्रमणबाट बचाएपनि अर्को ब्यक्तिलाई सार्नसक्ने क्षमता भने रहने भएकाले खोप लगाएपनि जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो । खोप विज्ञ उप्रेतीले १८ वर्ष मुनिका बालबालिकामा परिक्षण हुँदै गरेकाले अहिले खोप नदिईने बताउनुभयो । गर्भवती महिला र खोपको पहिलो चरण लगाउँदा सिकिस्त बिरामी परेकाहरुलाई पनि खोप नदिने जानकारी दिनुभयो । त्यसैगरी, उच्च ज्वरो हुँदा, रगत पातलो हुने औषधिको प्रयोग भइरहेको छ भने पनि कोभिशिल्डको प्रयोग गर्नुनुहुने विज्ञ उप्रेतिले बताउनु भयो । पहिले दुध खुवाईरहेकी आमालाई खोप प्रयोग नगर्ने भनिएको भएपनि अब दुध खुवाईरहेकी आमालाई खोप दिन सकिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले नै पहिलो मात्रा लगाएको चार हप्ताको अन्तरमा दोस्रो मात्रा खोप लगाउँदा प्रभावकारी हुने भनेको भएपनि अहिले भने ८ हप्तादेखि १२ हप्ताको अन्तरमा खोप दिएमा बढी प्रभावकारी हुने अध्ययनले देखाएको बताउनु भयो । नेपाल सरकारले पनि दोस्रो मात्रा ८ हप्तापछि मात्रै दिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । खोप लगाइसकेपछि कति समयसम्म प्रभावकारी हुन्छ भन्ने अध्ययन भइरहेको उहाँको भनाई छ । बेलायत र दक्षिण ...