युक्रेनका पूर्वराष्ट्रपति पेत्रो पोरोशेन्कोले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आधुनिक युगका ‘हिटलर’ भएको आराेप लगाउनुभएकाे छ । पोरोशेन्को अहिले सांसद हुनुहुन्छ । उहाँले आजको दिन दुःखद भएको तर जित युक्रेनको हुने दाबी गर्नुभएको छ । रुससँगको तनावबारे युक्रेनको राजधानी कीएफमा अहिले सांसदहरूको आपत्कालीन बैठक चलिरहेको छ । बैठकमा सहभागी हुन जाँदै गर्दा पूर्वराष्ट्रपति पोरोशेन्कोले संसदबाहिर पत्रकारहरूलाई पुटिन आधुनिक युगका ‘हिटलर’ भन्नुभएको हो । पोरोशेन्को सन् २०१४–१९ सम्म युक्रेनका रा...