लिङ्देन पत्नीलाई कोरोना संक्रमण, लिङ्देन पनि आइसोलेसनमा

काठमाडौँ- पत्नी सीता थापा लिङ्देनलाई कोरोना संक्रमण भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आइसोलेसनमा बसेका छन्। अध्यक्ष लिङ्देनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। ‘श्रीमतीलाई कोरोना संक्रमण देखिएपछि अध्यक्ष लिङ्देन पनि आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता श्रेष्ठले भने। यसअघि ज्ञानेन्द्र शाहीले जुम्लाबाट संसदीय निर्वाचनमा उम्मेदवारी दिनेबारे घोषणा गर्न नयाँ बानेश्वरमा […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

काठमाडौं, साउन ६ । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् । कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ । राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने ह्वाइट […]

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

प्रवक्ता पियरेका अनुसार ७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ।  कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमा आइसोलेसनमा छन्।

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

३ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका उनले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ।शनिबार परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको पौडेलले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले आजैदेखि आइसोलेसनमा बसेको जनाएका छन्।उनले लेखेका छन्‚ ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’उनी भैंसेपाटीस्थित निवासमा आइसोलेसनमा बसेका छन्।

सञ्चारमन्त्री कार्की आइसोलेसनमा, भेटघाट बन्द

सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठलगायतमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री  कार्की आइसोलेसनमा बसेका हुन् ।शनिबार नेकपा माओवादी केन्द्रका प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्की सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा सहभागी हुँदै आएका थिए । शुक्रबार मात्रै बसेको सत्तारुढ दलका शीर्ष नेताहरु संलग

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

माओवादी केन्द्रका नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ।नेता श्रेष्ठले शनिबार सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई सावधानी अपनाउन आग्रह पनि गरेका छन्।‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु‚’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्‚ ‘हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन व

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएका हुन् । साथै उनले आफू १४ दिन होम आइसोलेसनमा बस्ने भन्दै पछिल्ला केही दिन आफूसँग सम्पर्कमा आएकाहरुमा सावधानी अपनाउन आग्रहसमेत गरेका छन् । ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तिमा १४ […]

कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण, डेरामै आइसोलेसनमा

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ। कोरोना संक्रमण भएको जानकारी उनी आफैले ट्वीटर मार्फत दिएका हुन्। “ज्वरो र जीउ दु्खाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो– पोजेटिभ,” उनले ट्वीटरमा लेखेका छन्, “डेरामै आइसोलेसनमा छु्। लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ। सबैलाई विनम्र आग्रह छ– सजग बनौं।”