काठमाडौँ, २६ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट धमाधम सुझाव तथा पृष्ठपोषण सङ्कन गरिरहेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलले सातै प्रदेशका २८ जिल्लाबाट फिल्डस्तरमा सरोकारवालाको सुझाव तथा पृष्ठपोषण सङ्कन गरिरहेको हो । कार्यदलका […]
काठमाडौँ । देशैभर अहिले ग्यासको चरम अभाव छ । ग्यासको व्यवस्थापन गर्न नसक्दा बिहिबार उद्योगमन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिइन् । यसैबीच, काठमाडौँको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ सिलिन्डर ग्यास बरामद गरेको छ । दुई वटा ठुला ट्रकमा लोड गरिएको अवस्थामा ग्यास बरामद गरेको प्रहरीले जनाएको छ । ग्यास कालोबजारी गरेको आरोपमा बसुन्धारास्थित जय श्री […]
श्रेष्ठले निजी क्षेत्रले विपद्का बेला राज्यलाई सहयोग गर्दै आए पनि अहिले आफैं संकटमा परेको भन्दै प्रभावित उद्योग–व्यवसायको पुनःस्थापनामा सरकारले प्राथमिकता दिनुपर्ने बताए।
वन्यजन्तुको अवैध व्यापार तथा सीमापार आपराधिक सञ्जाल नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकहरूले क्षेत्रीय सहकार्य थप बलियो बनाउने प्रतिबद्धता जनाएका छन्। दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन)को पहिलो महासभाले काठमाडौं घोषणापत्र जारी गर्दै सहकार्यलाई व्यवहारिक कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको हो। ललितपुरमा सम्पन्न महासभाको समापन कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक […]
२६ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमासम्बन्धी दशकौंको अवलोकन डेटा विश्लेषण गर्न र चन्द्रमामा दीर्घकालीन मानव उपस्थितिको योजनालाई सघाउ पुर्याउन नयाँ ओपन-सोर्स एआई मोडेल सार्वजनिक गरेको छ ।
नासा र आईबीएमको संयुक्त प्रयासमा तयार …