नेपालमा प्रोटोन एक्स ५० सार्वजनिक

काठमाडौं । नेपालका लागि प्रोटोनको गाडीको अधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोन एक्स ५० सार्वजनिक गरेको छ । अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलता पछि मलेसियन कार निर्माता कम्पनीले प्रोटोन एक्स ५० सार्वजनिक गरेको हो । जगदम्बा मोटर्सले बिहीबार गैरीधारास्तिथ शोरुमबाट सो गाडी सार्वजनिक गरेको हो । प्रोटोन एक्स ५० […]

सम्बन्धित सामग्री

प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक

मलेसियन गाडी प्रोटोन एक्स–५० औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा र प्रिमियम एसयुभी प्रोटोन एक्स ७० गाडी नेपालमा बिक्री गर्दै आएको छ । नेपालका लागि मलेसियाका राजदूत मोहम्मद फदजल अबु हसन र शंकर समूहका प्रवन्ध निर्देशक साहिल अग्रवालले संयुक्त रुपमा प्रोटोन एक्स ५० गाडी सार्वजनिक गरे ।यो गाडीमा […]

प्रोटोन एक्स ५० सार्वजनिक

काठमाडौं (अस) । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेसियन कार निर्माता प्रोटोनको  कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले गत वर्ष प्रोटोन एक्स७० नेपाली बजारमा भित्र्याइसकेको छ । कम्पनीले काठमाडौंको गैरीधारास्थित आफ्नै सोरुममा मिडियाकर्मी तथा नेपालस्थित मलेसियन दूतावासका अधिकारी मोहम्मद फदजल अबुहसनको उपस्थितिमा नयाँ गाडी सार्वजनिक गरेको हो । प्रोटोन एक्स५० पछिल्लो समय विभिन्न देशका ग्राहकको रोजाइमा पर्नुका साथै मलेसियाको सबैभन्दा बढी माग भएको गाडी बनेको कम्पनीले बताएको छ । १.५ लिटर टर्बोचाज्र्ड, थ्री सिलिन्डर इन्जिनसहित आउने उक्त गाडीको  १.५टी स्ट्यान्डर्ड, १.५टी प्रिमियम र १.५ टीजीडीआई फ्ल्यागसिप संस्करण नेपालमा जगदम्बा मोटर्सले सार्वजनिक गरेको छ । यसको स्ट्यान्डर्ड र प्रिमियम संस्करणले ५ हजार ५ सय आरएपीएममा १५० पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सयदेखि ४ हजार आरपीएममा २२६ एनएम टर्क उत्पादन गर्छ । यस्तै, फ्ल्यागसिप संस्करणले ५ हजार ५ सय आरपीएममा १७७ पीएस पावर उत्पादन गर्छ भने १ हजार ५ सयदेखि ४ हजार आरपीएममा २५५ एनएम टर्क उत्पादन गर्छ । नयाँ गाडीमा ७ स्पिड ड्युल क्लचसहितको ट्रान्समिसन म्यानुअल मोडको सुविधा रहेको छ । आकर्षक डिजाइनमा आउने प्रोटोन एक्स५० मा ड्युल टोन इन्टेरियर तथा एक्सटेरियरका साथै फूल एलइडी हेडल्याम्प, अलो ह्वील, फ्लोटिङ फ्लोर कन्सोल, पानारोमिक सनरुफ, एलसीडी मिटर कम्बिनेसनलगायत सुविधा छन् । नयाँ गाडीमा यात्रु सुरक्षाका लागि एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम रहेको छ, जसभित्र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, फरवार्ड वार्निङ कोलियसन, ब्लाइन्ड स्पट इन्फरमेसन सिस्टम, ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टमलगायत सुविधा छन् । नयाँ गाडी सार्वजनिक गर्दै जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले प्रोटोनको विश्वव्यापी रोजाइ र एक्स५० को विदेशको बिक्री उत्साहप्रद देखिएकाले नेपाली बजारमा भित्र्याइएको बताए । यस्तै, सीईओ दीपक अग्रवालले यस सेग्मेन्टमा अरू ब्रान्डभन्दा बढी सुविधा रहेकाले नेपाली ग्राहकको रोजाइमा पर्ने विश्वास व्यक्त गरे । जगदम्बा मोटर्सले ग्राहकलाई गाडी बिक्रीका साथै बिक्रीपछिको सेवा पनि दिँदै आएको उनले बताए ।

प्रोटोन एक्स ५० नेपालमा सार्वजनिक, तस्बिरमा हेर्नुहोस्

अघिल्लो वर्ष नेपाली बजारमा भित्रेको प्रोटोन एक्स ७० को सफलतापछि जगदम्बा मोटर्सले प्रोटोन एक्स ५० पनि अधिकारिक रुपमा सार्वजनिक गरेको छ । बुधबार गैरीधारास्थित सोरुममा एक कार्यक्रमका बीच मलेसियन राजदूतावासका मोहम्मद फद्ज़ल अबु हसनको उपस्तिथिमा गाडी सार्वजनिक गरिएको हो ।   प्रोटोन एक्स५० पछिल्लो समयमा विभिन्न देशमा ख्याति प्राप्त हुन सफल हुनुका साथै मलेशियाको सबैभन्दा बढी माग भएको गाडी हो ।१.५ लिटर टर्बो चार्ज थ्री-सिलिन्डर इन्जिनको साथ कम्पनीले 1.5T Standard, 1.5T Premium र 1.5 TGDi Flagsh

प्रोटोन एक्स ५० सार्वजनिक: मूल्य ७१ लाख ९९ हजारदेखि ८४ लाख ९९ हजार रुपैयाँसम्म

काठमाडौं। मलेसियन गाडी प्रोटोन एक्स-५० बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ। जगदम्बा मोटर्सले मलेसियन गाडी प्रोटोनको सेडान प्रोटोन सागा

तीन भेरियन्टमा नेपाल आयो प्रोटोन एक्स-५० (मूल्यसहित)

काठमाडौं । मलेशियन ब्राण्ड प्रोटोनको एसयूभी एक्स-५० नेपाल आएको छ ।  नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार मिडिया ड्राइभ आयोजनागरी तीन भेरियन्टमा एक्स ५० सार्वजनिक गरेको हो । कम्पनीले एक्स ५० को स्ट्याण्डर्ड, प्रिमियम र फ्ल्यागसिप भेरियन्ट नेपाल भित्र्याएको हो । कम्पनीका अनुसार स्ट्यान्डर्ड भेरियन्टको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ […]

प्रोटोन एक्स ५० सार्वजनिक

काठमाडौं (अस) । मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स ५० नेपाली बजारमा भित्रिएको छ । यो गाडी नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माणमा उन्नत रहेको कम्पनीले बताएको छ । प्रोटोन एक्स ५० चार संस्करणमा नेपाली बजारमा बिक्री गरिनेछ । यो गाडीमा १.५ लिटर टर्बोचाज्र्ड, थ्री सिलिन्डर र शीर्ष प्mल्यागसिप भेरियन्टमा डाइरेक्ट इन्जेक्सन (जेडीआई) टर्बोचाज्र्ड थ्री सिलिन्डर पेट्रोल हुनेछ । जीडीआई इन्जिनले १३० पीएस पावर र २५५ एनएम टर्कको संख्या बढाएर १५० पीएस अधिकतम पावर र २२६ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । काठमाडौंका सडकमा देखाइएको प्रोटोन एक्स ५० मा उन्नत चालक सहायता प्रणालीलगायत सुविधा रहेका छन् । प्रोटोन एक्स ५० एसयूभी निर्माता कम्पनीको वेबसाइटअनुसार गाडीमा उत्कृष्ट इन क्लास सुविधा ६ वटा एयरब्याग, ईबीएस, अटोहेड लाइट, वाइपर, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, आपतकालीन ब्रेकिङ, स्मार्ट एयर प्युरिफायर सिस्टमका लागि क्लाइमेट कन्ट्रोल, विद्युतीय रूपमा फोल्ड गर्न मिल्ने सिट रहेका छन् । यो गाडीले एसियन–एनक्यापबाट पाँचतारे क्र्यास टेस्टरेटिङ पाएको छ । नेपालमा प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स हो ।